काठमाडौं, १८ असार । फेसबुकले विश्वभरका
आफन्तसँग कुराकानी मात्र गराउने छैन । अब
पैसा पनि दिने भएको छ । तर, त्यसको लागि
तपाईले फेसबुकमा आफ्नो मौलिकता झल्कने
भिडियो अपलोड गर्नुपर्नेछ ।
फेसबुकका सिइओ मार्क जुकरबर्गले फेसबुक
प्रयोगकर्ताका लागि यस्तो फिचर
ल्याएको बीबीसीमा उल्लेख छ । नयाँ
सजेस्टेड भिडियो फिचरबाट यो सम्भव हुने
भएको हो । फेसबुकमा राखेको भिडियो
जति धेरै मानिसले हेर्यो त्यति धेरै रकम
फेसबुकले उपलब्ध गराउने जनाईएको छ ।
भिडियोमा भएका विज्ञापनहरुबाट हुने
कमाईको ४५ प्रतिशत हिस्सा भने फेसबुकको
हुने उल्लेख छ । फेसबुकका अनुसार मानिसहरुले
फेसबुकमा दैनिक ४ अर्ब पटक भिडियो हेर्छन् ।
यूट्यूबको तुलनामा फेसबुकमा भिडियो
खोज्न थोरै मुस्किल हुने भएकाले भिडियो
बनाउनेका लागि अप्ठ्यारो हुनसक्छ ।
एजेन्सी
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment