असोज ३ गते ५ बजे कस्तो छ साइत ? | फलित ज्योतिषी अंगिरस न्यौपाने ०७२ साल परिवर्तनकारी वर्ष हो । तर, सकारात्मकभन्दा नकारात्मक परिवर्तनको बोलबाला रहने देखिन्छ । मैले पहिलादेखि नै ०७२ साल अनिष्टको वर्ष हुन्छ भनेको थिएँ । वैशाख ७ गते म बोलेको पनि थिएँ, भूकम्पको योग छ भनेको थिएँ । मिडियामा पनि आएको थियो, यो कुरा । मैले भदौभित्र नयाँ संविधान आयो र गणतन्त्रात्मक आएन भने राजालाई केही स्थान दिनुपर्ने हुन सक्छ भनेर वर्षको सुरुमै भनेको थिएँ । दलहरू अहिले हतार–हतार गणतन्त्रात्मक संविधान ल्याउँदै छन्, यो कुरा बुझेजस्तो देखिन्छ । नेताहरूले नयाँ संविधान जारी गर्ने कुरा साइत हेराएर गरेनन् । साइत देखाएको भए ३ गतेभन्दा ४ केही ठीक थियो । यो वर्षभरि नै राजा शनि र मन्त्री मंगल बसेकाले दंगा–फसाद, झगडा, विवाद, द्वन्द्वको सामना गर्नुपर्ने देखिन्छ । मंगल र शनिका कारण भूकम्प गएको थियो । भूकम्प यही वर्ष गयो । भूकम्पको योग त सकिएको छैन, तर नोक्सानी हुने देखिँदैन । यसरी हेर्दा ०७२ लाई म राम्रो वर्ष मान्दिनँ । वैशाख १२ गते भूकम्प आयो । संविधान वृश्चिक राशि र कुम्भ लगनमा घोषणा गर्न लागेका छन् । हाम्रो देशलाई पनि अहिले शनि साढेसातको दशा छ । यो संविधान पनि अर्को साढे पारेर घोषणा हुन लागेको छ । कुनै पनि स्थिर कार्य गर्न कृष्णपक्ष शुभ मानिँदैन । यो संविधान कृष्णपक्षमा आउन लागेकाले बढी आलोचित हुने देखिन्छ । काण योगमा गरेको कार्य दोषयुक्त रहने देखिन्छ । त्यो समय काण परेकाले दोषयुक्त देखिन्छ । ३ गते ५ बजे रोग बेला पर्छ । रोग बेला परेकाले जन्मदै रोगको सामना गर्नुपर्ने देखिन्छ । जसकारण उपचार गर्न समय र सम्पत्ति खर्चनुपर्ने हुन्छ । अहिले वृश्चिक राशिलाई साढेसात चलिरहेको छ । त्यो दिन वृश्चिक पर्छ । यसले शारीरिक, मानसिक, आर्थिक रूपमा कमजोर बनाउँछ । सुरुमै साढे सात भएकाले सुरुमै विवाद आउँछ । सरकार पक्ष कमजोर हुने, विरोधी पक्षले बढी आक्रमणकारी हुने देखिन्छ । सत्ता पक्षले बढी दोष व्यहोर्नुपर्ने देखिन्छ । एउटा राम्रो के छ भने, केन्द्रमा सूर्य र बृहस्पति बलियो भएकाले केही दोष नाश गर्न सक्छ । यसले अस्थिर बन्न नदिनेमा काम गरे पनि विवाद जन्माइरहन्छ । दलहरूले साइत हेरेको भए हचुवाका भरमा मिति तोक्ने थिएनन् । आइतबार राजनीतिक निर्णय गर्ने हिसाबले ठीकै हो । अर्को कुरा सूर्य र बृहस्पति त्यति कमजोर नभएकाले केही समयपछि अस्थिरतालाई केही कम गर्न सक्ने देखिन्छ । असोज ३ गते ५ बजे कस्तो छ साइत ? | फलित ज्योतिषी अंगिरस न्यौपाने ०७२ साल परिवर्तनकारी वर्ष हो । तर, सकारात्मकभन्दा नकारात्मक परिवर्तनको बोलबाला रहने देखिन्छ । मैले पहिला... Read more »