दैनिक नेपाल २०७२ असार २३ गते १९:४५
काठमाडौं, २३ असार । एसएलसीमा पास
भएपछि युवाहरुका आ–आफ्नै सपना हुन्छन् ।
हाम्रो समाजमा एसएलसी पास गर्न भनेको
फलामे ढोका पार गर्नु हो । फलामे ढाको
पार गरेपछि कोही डाक्टर बन्छन् त कोही
वैज्ञानिक ।
एसएलसीमा पास हुनु नै ठूलो कुरा हो झन देशमै
टपर हुनु त गौरवाम्वित कुरा हो । देशका
लागि केही गर्ने अवसर हो । तर यहाँ एक युवक
एसएलसीमा ९८ प्रतिशत ल्याएर
पनि आतंकवादी बनेका छन् । देशको लागि
केही अवसर पाएका उनी देशकै दुश्मन बनेका छन्
।
उनको नाम हो निवटन’ । पूरा नाम इसाक
अहमद । भारतको दक्षिण कश्मीरमा
पुलवामा जिल्लाको आतंकवादग्रस्त त्राल
शहरमा उनी बस्दै आएका थिए । १९ वर्षका
उनी यसै वर्षको मार्चा अर्थात चार महिना
पहिलेदेखि आतंकवादी संगठनमा लागेका छन्
। यो खबर उनका परिवारले पुष्टि गरेका छन् ।
र पुलिस स्रोत अनुसार उनी आंतवादी
संगठनको तल्लो तहको कमाण्डर नै बनेका छन् ।
उनका पिता मोहम्मद इब्राहिमले भनेका छन्
कि उनी डिसेम्बर महिनामा कलेजमा फिस
बुझाउने वहानामा घरबाट निस्केका थिए ।
प्रहरीका अनुसार यी किशोर का कमाण्डर
बुरहान मुजफ्फर नामका आतंकवादी हुन्, जो
स्कुल पिन्सिपल छोरा थिए । त्रालमा उनी
आतंकवाद बढाउँदै युवाहरुलाई आफ्नो संगठनमा
आकिर्षत गरिरहेका छन् ।
त्यसै क्रममा इसाक पनि आतंकवादी
संगठनतर्फ आकर्षित भएका हुन् । इसाकले २०११
सालमा कक्षा १० को एसएलसीमा ९८
प्रतिशत नतिजा ल्याएर भारतमै टपर भएका
थिए । दक्षिण कश्मीर रेञ्जका एक वरिष्ठ
पुलिस अधिकारीले भनेका छन् कि पछिल्लो
१८ महिना अवधिमा १०० किशोर युवक
आतंकवादी संगठनमा सामेल भएका छन् । उनी
आतंकवादी बनेपछि प्रहरीले उनलाई मार्न
स्पेशल फोर्स खटाएको छ । एजेन्सी

0 comments:

Post a Comment

 
Top