काठमाडौँ, २२ असार, प्रधानमन्त्री
सुशील कोइरालाले भूकम्पपीडितका
लागि स्वदेश तथा विदेशी दाताहरुबाट
प्राप्त सहयोग रकम सदुपयोग हुने विश्वास
व्यक्त गर्नुभएको छ । मङ्गलबार बिहान
प्रधानमन्त्री निवास बालुवाटारमा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
सहयोग रकम प्रदान गर्न आएका विभिन्न
सङ्घसंस्थाका प्रतिनिधिहरुसँग उहाँले
सो विश्वास व्यक्त गर्नुभएको हो ।
“सबैले आफ्नो पेट काटेर दिएको रकम
दुरुपयोग नहोस् भनेर लागेको छु” –
प्रधानमन्त्री कोइरालाले भन्नुभयो । सो
अवसरमा प्रधानमन्त्री कोइरालाले आफू
सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै
भन्नुभयो – “सरकारका हरेक निकायमा
पारदर्र्शिता, जवाफदेहिता र
मितव्ययिता होस् भन्ने मेरो चाहना
रहेको छ । मैले पहिले धेरै विवादमा
आएकाले आर्थिक सहायता र चन्दा दिने
परम्परा नै बन्द गरिदिएँ ।”
प्रधानमन्त्री कोइरालाले संविधान आउने
विश्वास व्यक्त गर्दै संविधान जारी
भएपछि मुलुक शान्ति, स्थिरता,
विकासको मार्गमा लाग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – “मुुलुकले ८/१० वर्षमा
कोल्टे फेर्छ ।”
भूकम्पपीडितलाई हिमालय बैंकको दुई
करोड
भूकम्पपीडितको राहत र पुनःस्थापना
कार्यलाई सघाउन हिमालय बैंक
लिमिटेडले रु दुई करोड प्रदान गरेको छ ।
मङ्गलबार बिहान प्रधानमन्त्री निवास
बालुवाटारमा आयोजित कार्यक्रममा
हिमालय बैंकका प्रमुख कार्यकारी
अधिकृत अशोकशमशेर राणा र वरिष्ठ
महाप्रबन्धक इसाज गिलले सो रकमको चेक
प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण
गर्नुभयो । सो अवसरमा बैंकका प्रमुख
सल्लाहकार हिमालयशमशेर जबरा,
विपिन हाडा र आत्माराम गौतम पनि
उपस्थित हुनुहुन्थ्यो ।
चार्टर्ड एकाउन्टेन्ट्स इन्स्टिच्युटको
सत्ताइस लाख
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले
भूकम्पपीडित नेपालीको राहत र
पुनःस्थापना कार्र्यमा सघाउन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
रु २७ लाख चार हजार ४०८ प्रदान गरेको छ
। मङ्गलबार बिहान प्रधानमन्त्री निवास
बालुवाटारमा संस्थाका अध्यक्ष नरेन्द्र
भट्टराईले प्रधानमन्त्री कोइरालालाई
सो रकमको चेक हस्तान्तरण गर्नुभएको
थियो ।
सो अवसरमा अध्यक्ष भट्टराईले स्वदेश र
तथा विदेशमा रहेका आफ्ना सदस्य,
अध्ययनरत विद्यार्थी र विदेशी लेखा
व्यवसायीहरुलाई सहयोगको अपिल
गरेको जानकारी दिनुभएको थियो ।
संस्थाको अनुरोधमा सिपिए
अस्ट्रेलियाबाट १० हजार अस्ट्रेलियन
डलर, कन्फेडरेसन अफ एसिया एन्ड
प्यासेफिक एकाउन्टेन्टस्बाट चार हजार
एक सय डलर, इन्स्टिच्युट अफ चार्टर्ड
एकाउन्टेन्ट्स बङ्गलादेशबाट १० लाख
टाका र इष्टिच्युट अफ कष्ट एन्ड
म्यानेजमेन्ट्स एकाउन्टेन्ट्स बङ्गलादेशबाट
पाँच लाख टाका प्रधानमन्त्री राहत
कोषमा आएको जानकारी उहाँले
गराउनुभएको थियो ।
सो अवसरमा संस्थाका उपाध्यक्ष
प्रकाश लम्साल, पूर्व अध्यक्ष मधुवीर
पाण्डे, पार्षद् मोहनकुमार पराजुली र
कार्यकारी निर्देशक विनयप्रकाश
श्रेष्ठको उपस्थिति रहेको थियो ।
संस्थाले साँखुका भूकम्पपीडितलाई कम्बल
बाँडेको पनि जनाएको छ ।
शारदा विश्वविद्यालयको सत्ताइस
लाख सहयोग
भूकम्पपीडितको राहत र
पुनःस्थापनाका लागि शारदा
विश्वविद्यालय नोयडा भारतले
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
रु २७ लाख ९२७ हजार डलर० सहयोग प्रदान
गरेको छ ।
मङ्गलबार बिहान प्रधानमन्त्री निवास
बालुवाटारमा आयोजित कार्यक्रममा
विश्वविद्यालयका कुलपति प्रदीप
गुप्ताले सो रकमको चेक प्रधानमन्त्री
कोइरालालाई हस्तान्तरण गर्नुभएको
थियो ।
शारदा विश्वविद्यालयले भूकम्प आएपछि
११ जनाको चिकित्सक टोली पठाएर
उपचारमा सहयोग गरेको थियो । करिब
५०० नेपाली विद्यार्थी अध्ययनरत रहको
सो विश्वविद्यालयले भूकम्पपीडित
विद्यार्थीलाई करिब रु पाँच
करोडबराबरको छात्रवृत्ति दिएको
जनाएको छ ।
एनजिओ फेडेरेसनको चौध लाख नौ हजार
भूकम्पपीडित नेपालीहरुको राहत र
पुनःस्थापना कार्यमा सघाउन
गैरसरकारी संस्था महासङ्घ नेपालले
उद्धार कोषमा रु पाँच लाख प्रदान गरेको
छ । आज बिहान प्रधानमन्त्री निवास
बालुवाटारमा संस्थाकी अध्यक्ष
शर्मिला कार्कीले सो रकमको चेक
प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको
थियो ।
मकाउका नेपाली पुलिसले दिए चौध
लाख
भूकम्पपीडित नेपालीलाई राहत र
पुनःस्थापना कार्यमा सघाउन मकाउ
प्रिजन पुलिसमा कार्यरत नेपाली
पुलिसको टीमले रु १४ लाख ९०० उद्धार
कोषमा सहयोग गरेका छन् । मङ्गलबार
बिहान प्रधानमन्त्री निवास
बालुवाटारमा सो टोलीका कृष्ण
गौचन, राजेश उप्रेती, विकास
मगरसहितको प्रतिनिधिमण्डलले सो
रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण
गरेको थियो ।
सङ्गीत नाट्य एकेडेमीको तीन लाख
पैँतालीस हजार
नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले
रु तीन लाख ४५ हजार ३७३ प्रधानमन्त्री
दैवी प्रकोप उद्धार कोषमा सहयोग
गरेको छ । आज बिहान प्रधानमन्त्री
निवास बालुवाटारमा प्रतिष्ठानका
कुलपति भक्त श्रेष्ठ ९सरुभक्त०ले सो रकमको
चेक प्रधानमन्त्री कोइरालालाई
हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा कुलपति श्रेष्ठले भूकम्प
आएपछि त्रसित भएका नेपाली
नागरिकलाई सामान्य अवस्थामा
ल्याउन मुुलुकका एक सयभन्दा बढी
स्थानमा सांस्कृतिक चेतनामूलक
कार्यक्रम सञ्चालन गरेको पनि
बताउनुभएको थियो ।
पिपलवृक्ष सहकारीको एक लाख पच्चीस
हजार सहयोग
पिपलवृक्ष बचत तथा ऋण सहकारी संस्था
नयाँबानेश्वर काठमाडौँले रु एक लाख २५
हजार ५५१ उद्धार कोषमा प्रदान गरेको छ
। मङ्गलबार बिहान प्रधानमन्त्री निवास
बालुवाटारमा सहकारीका अध्यक्ष
कोपिला शर्मा निरौलाले सो रकमको
चेक प्रधानमन्त्री कोइरालालाई
हस्तान्तरण गर्नुभएको थियो ।
दियालो र छन्त्याल सङ्घको सहयोग
भूकम्पपीडित नेपालीलाई सहयोग गर्न
दियालो विकास बैंकले प्रधानमन्त्री
दैवी प्रकोप उद्धार कोषमा रु चार लाख
प्रदान गरको छ भने नेपाल छन्त्याल सङ्घले
रु एक लाख प्रदान गरेको छ । रासस

0 comments:

Post a Comment

 
Top