दैनिक नेपाल २०७२ असार २३ गते २२:३६
काठमाडौं, २३ असार । एकीकृत नेकपा
माओवादीका वरिष्ठ नेता डा. बाबुराम
भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको
राजीनामा मागेका छन् । विशेष
कार्यक्रमका लागि गृह जिल्ला गोरखा
पुगेका बाबुरामले घुमाउरो पारामा
प्रचण्डको राजीनामा मागेका हुन् ।
‘पार्टीमा एक्लौटी प्रभाव जमाउने
प्रवित्तिले आजीवन अध्यक्ष बन्ने प्रचलन रहेको
छ, अब यसलाई तोड्नुपर्छ’ उनले भने-‘अब
नेतृत्वलाई परिवर्तन गर्नुपर्छ, नेतृत्वमा
परिवर्तन भयो भने पार्टीले नयाँ गति चल्छ ।
जून हाम्रो समाजमा लोकतान्त्रिक,
विधिसम्मत मानिन्छ ।’
पार्टीलाई नयाँ गति दिन संगठनको ढाँचा
नै परिवर्तन गर्नुपर्ने धारण उनले राखे । उनको
भनाई अनुसार प्रचण्डले पार्टीमा एकलौटी
अध्यक्ष बनेर गुटबन्दी गर्न खोजेको देखिन्छ ।
तत्काल पार्टीको नेतृत्व हस्तान्तरण आवश्यक
रहेको बताउँदै प्रचण्डलाई छाड्न उनले आग्रह गरे
।
उनले प्रचण्डको राजीनामा मागेपनि आफू
नेतृत्व लिन तयार नभएको बताए । ‘उहाँलाई
छाड्नुस भनेर मैले लिन खोजेको होइन् । तर
हाम्रो पार्टीको परिपाटी मात्रै चेञ्ज गर्न
खोजेको हुँ । नेतृत्व युवालाई दिनुपर्छ ।
पार्टीले योग्य व्यक्ति छनोट गरी नेतृत्व
हस्तान्तरण गर्नुपर्छ ।’
माओवादीको इतिहासमा अहिलेसम्म
प्रचण्ड नै अध्यक्ष रहँदै आएका छन् । प्रचण्ड
पक्षधर नेताका अनुसार बाबुरामले
पुनर्निर्माण प्राधिकरणको नेतृत्व नपाएपछि
पार्टी अध्यक्ष प्रति असन्तुष्टि जनाउँदै
प्रचण्डको राजीनामा मागेका हुन् ।
बाबुराम सरकारले गठन गरेको पुनर्निर्माण
प्राधिकरणको अध्यक्ष हुन चाहन्थे तर पार्टी
अध्यक्ष प्रचण्डको वेवास्थाका कारण उनको
त्यो चाहना पूरा भएन् । जसकारण पछिल्लो
समय माओवादी गुटगत भेला समेत भइरहेका छन्
।
पुनर्निर्माण प्राधिकरणको नेतृत्व अहिले
प्रधानमन्त्री सुशील कोइराले नै लिएका छन्
। प्रचण्डकै सहमतिमा प्रधानमन्त्री
प्राधिकरणको प्रमुख भएका हुन् । आफ्नो
लागि पहल नगरेपछि बाबुरामले असन्तुष्टि
जनाउँदै प्रचण्डको राजीनामा माग्दै
हिँडेको प्रचण्ड पक्षधर एक नेताले दैनिक
नेपाललाई बताए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment