सुनसरी, २०७२ असार १७ गते
आजको पञ्चाङ्ग
वि.सं. २०७२ आषाढ १७ गते बिहीबार तदनुसार ई.
सं. २०१५ जुलाई ०२ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, गृष्म
ऋतु, ने.सं. :— ११३५, (अनलाथ्व)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय
: बिहान ०५:०८ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त :
साँझ ०७:०२ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१८
बजे र सूर्यास्त : साँझ ०७:०८ बजे
आषाढ शुक्लपक्षको पूर्णिमा तिथि, बिहान ०८:२१ बजेसम्म,
त्यसपछि प्रतिपदा तिथि,
पूर्वाषाढा नक्षत्र, बिहानको राती ०४:०० बजेसम्म,
त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र
व्याप्त),
ब्रह्म योग, दिउँसो १२:१६ बजेसम्म, त्यसपछि ऐन्द्र योग,
कौलव करण, साँझ ०७:४० बजेसम्म त्यसपछि तैतिल करण,
आनन्दादि योग : धाता, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व,
योगिनीदिशा : वायव्य, वारशूल : दक्षिण,
आजको व्रत/पर्व : खेलकुद पत्रकार दिवस, नेवारी
पर्व अनला पुन्हि, स्नानदानादिका लागि पूर्णिमा, हलो बार्ने दिन
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन
गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र
निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । घरमा परपाहुना र
अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन
लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट
फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । आजका
लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस
मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शरीरमा आलस्यले डेरा जमाउने छ । वादविवादमा
फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी
हुने दिन हो । व्यापारीहरूले हानी
व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु
पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने छन् । यात्रा घातक बन्न
सक्छ, धेरै टाढा नजानु होला । सामाजिक र परोपकारका मार्गमा
अवरोध हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ बृं बृहस्पतये नमः यस मन्त्रको
कम्तीमा १९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा
सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुखसन्तोष प्राप्त
हुनेछ । रमाइलो यात्रा हुन सक्छ । मेवामिष्ठान्न आदि खान पाइने
र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । साझेदारीमा
गरिने कामको थालनी गर्न उत्तम समय छ ।
आर्थिक पक्ष सबल देखिन्छ । आजका लागि शुभअङ्क ५ र
शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते
वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पेसागत वा व्यवसायिक जीवनमा
चुनौतीको सामना गर्नुपर्ने छ । आर्थिक समस्याले
तनाव उत्पन्न गर्नसक्छ । ज्ञानगुन र पठनपाठनको क्षेत्रमा
खासै उपलब्धी लिन सकिंदैन । आफन्तले समेत
कुरा सुन्न र समय दिन सक्दैनन् । स्वास्थ्यमा
गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना
छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको
कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ ।
बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ
। आजको चिन्तन र विचारले काम गर्नसक्छ । व्यवसायिक
क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट
सन्तोष प्राप्त हुनेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा
मन जानेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग
कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको
कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै
जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा
असमझदारी बढ्ने सम्भावना समेत छ ।
बन्दव्यापारमा सोचेजस्तो लाभ प्राप्त हुन गाह्रो छ । मानसिक
दबाब बढेको महसुस हुनसक्छ । रोमान्स र प्रेमप्रसङ्गमा
समेत नरमाइलोपन आउने छ । आजका लागि शुभअङ्क ७ र
शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको
कम्तीमा २३ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
उद्योगधन्दा र बन्दव्यापारमा सफलता नै मिल्नेछ तर आर्थिक
रूपमा तनाव हुनेछ । सहयोगीहरूको साथ पाए पनि
गर्न खोजेको काममा सफलता प्राप्त गर्न धौधौ पर्नेछ । पराक्रम र
उत्साहमा कमी आउने छैन । कृषिकर्म र
बन्दव्यापारबाट सामान्य आम्दानी भइरहने छ ।
तर प्रतिस्पर्धीले दुःख दिन सक्छन् । आजका लागि
शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय
यस मन्त्रको कम्तीमा २१ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बोलीमा संयमता अपनाउनु राम्रो हुन्छ । स्थान
परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको सम्भावना छ ।
कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको
राय बुझ्नु होला । तर्क, बहस, छलफल र प्रतियोगितामा सफलता
मिल्दैन । मनोरञ्जन र विलासिताका क्षेत्रमा धनखर्चको योग छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ अं अङ्गारकाय नमः यस मन्त्रको
कम्तीमा १० पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका
काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । प्रतिष्ठा बढ्नेछ ।
बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र
दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा
हात हाल्ने समय छ । बन्दव्यापारबाट राम्रो लाभ लिन सकिने छ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं
बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामान्य कुरालाई पनि बढी
गम्भीरतापूर्वक लिने बानीले आफैलाई
दुःख होला । मानसिक एवं बौद्धिक क्षमता ह्रासता आउने छ ।
नजिकैको आफन्त वा नातेदारसँग मनमुटावको सम्भावना छ । बाह्रौं
चन्द्रमा रहेकाले आर्थिक लगानी गर्नु भर पर्दो
देखिन्न । सामान हराउने वा धननाशको सम्भावना छ । आजका लागि
शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः
यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा
नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट
यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च
सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र
प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ । सरकार पक्ष
वा सामाजिक कामबाट फाइदा लिन सकिनेछ । आजका लागि शुभअङ्क
३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको
कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,
चि) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा
प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग र सुझाव
प्राप्त होला । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले
प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ ।
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आजका लागि
शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको
कम्तीमा २४ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment