काठमाडौं,असार १७ – मापसे चेकजाँचका क्रममा घुसवापतत किस
माग्दै युवतीलाई यौन दुव्र्यवहार गर्ने ट्राफिक
प्रहरीका असई सात महिनापछि
कारबाहीमा परेका छन् । असई पुरुषोत्तम ढकाललाई
विभागीय कारबाहीस्वरुप
तीन ग्रेड रोक्का गरिएको छ ।
गत २ मंसिरमा डिल्लीबजारमा मापसे चेकिङका क्रममा
उनले स्कुटरचालक युवतीलाई बिलबुक
नवीकरण नगरेको भन्दै कारबाही
गर्न खोजेका थिए । तर, एकपटक किस गर्न दिए
कारबाहीबाट जोगाइदिने भन्दै उनले
युवतीसँग बार्गेनिङ गरेका थिए । पछि
युवतीकै स्कुटरको पछाडि बसेर दुव्र्यवहार गरेका
थिए । भोलिपल्ट युवतीले
महानगरीय ट्राफिक प्रहरी
महाशाखामा उजुरी दिएकी थिइन् ।
सोही दिन महाशाखाले उनलाई निलम्बन
गरी छानविन थालेको थियो । चेकिङमा
परेकी युवतीलाई विभिन्न बहानामा
नियन्त्रणमा लिएर उनले दुव्र्यवहार गरेको छानविनका क्रममा
समेत पुष्टि भएको थियो, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment