असार, काठमाडौं । भारतको इतिहासमै
सबैभन्दा महँगो फिल्मको दावि गरेको फिल्म
बाहुबली यतिखेर निकै चर्चामा छ । सबैभन्दा
महँगो फिल्म भनिएको कारण पनि यो फिल्म
कस्तो बनेको होला भन्ने सबैको कौतुहोल्ताको
बिषय बनेको छ । हामी यहाँ फिल्म बाहुबली
भित्र रहेका खास १० कुराहरु यहाँ चर्चा गर्दैछौं
।
१. बाहुबली फिल्मले प्रमोशनको लागि एक
बिशेष डिजिटल मार्केटिंग अपनाएको छ । जसले
गर्दा पनि यस फिल्म अझ पपुलर बन्दै गएको
पाईन्छ ।
२. हाल रिलिज भएको फिल्म जुरासिक बल्र्ड र
बाहुबली फिल्ममा काम गर्ने भिजुअल इफेक्ट
टिम एउटै हुन् ।
३. यस फिल्मको प्रोडक्सन टिमले करिब ८५
करोड रुपैंया भिजुअल इफेन्टको लागि मात्र
खर्च गरेको छ । यस फिल्ममा ९५ प्रतिशत दृश्य
कम्प्युटरबाट बनाईएको छ । यसमा सिजीआई र
वीएफएक्स ग्राफिक्स प्रयोग भएको छ ।
४. यस फिल्म काल्मनिक युद्धमा आधारित
फिल्म हो । फिल्म बनाउन २५० करोड लागत
लागेको छ । यसमा तेलुगू र तमिल भाषामा
फिल्म सुट भएको थियो । पछि हिन्दि भाषा
मा रिलिज गरेको हो ।
५. करण जोहरका अनुसार, बाहुबली स्क्रिन
काउन्टमा सबैभन्दा बढि डबिंग गरीएको फिल्म
हो । यस फिल्ममा भारतको कुनै एक प्रदेशलाई
छोडेर सिँगो देशलाई नै अपिल गर्न सफल भएको
फिल्म हो ।
६. बाहुबली ४००० फिल्म हलमा रिलिज
भइरहेको छ जसमध्यै १३५ हल अमेरीका भित्रका
मात्रै छन् ।
७. हलिउड फिल्म फ्लिक ३०० बाट प्रेरीत भएको
फिल्म भनिएपनि निर्देशन राजमोअलीका
अनुसार यो फिल्म बिल्कुलै फरक फिल्म हो । जुन
फ्लिक ३०० सँग मिल्दैन ।
८. उसमा युद्ध र एक्सन देख्न सकिन्छ । जसका
लागि बियतनामका ट्रेनरबाट आएका
एक्टरलाई लिइएको छ ।
९. फिल्ममा प्रभाष र राणाले आफ्नो वजन १००
किलो भन्दा बढि बनाएका छन् । जसका
लागि कलाकारलाई दिनमै ६ देखि ८ पटक
खाना खानुपरेको थियो । यसमा प्रत्येक चिज
ननभेज खुवाईएको थियो । जसका लागि प्रत्येक
दिनको टार्गेट २००० देखि ४००० क्यालोरी
थियो ।
१०. फिल्ममा मुख्य भुमिकामा रहेका प्रभाषले
आफ्नो विवाह पनि सारेर छायांकनमा व्यस्त
भएका थिए । फिल्म बन्नको लागि ३ बर्ष
लागेको थियो ।
(एजेन्सीको सहयोगमा)

0 comments:

Post a Comment

 
Top