झापा, २५ असार । नेपाली क्रिकेट
टोलीका कप्तान पारस खड्काले
अन्तराष्ट्रिय टी–२० क्रिकेटको
वरियतामा ठूलो फड्को मारेका छन् ।
आईसिसीले सार्वजनिक गरेको
वरियताअनुसार पारसले टी–२० क्रिकेटमा
विश्वका चर्चित अनुहारलाई पछि पारेका
छन् ।
केही दिन अघि नेदरल्याण्ड्ससँग भएको टी–२०
अन्तराष्ट्रिय सिरिजमा सशक्त प्रदर्शन
गरेका कप्तान पारसले भारतका शिखर धवन,
वेष्ट ईण्डिजका डारेन ब्राभो, बंगलादेशका
मोहमदुल्लाह, अफगानिस्तानका
समिउल्लाह सेहनवारी र मोहम्मद नावीलाई
समेत पछि पारेका छन् ।
पारस ३ सय ३८ अंकका साथ ६४औं स्थानमा
छन् । उता विष्फोटक व्याट्सम्यानको रुपमा
परिचित भारतीय खेलाडी धवन भने २ सय ४०
अंकका साथ ८५औं स्थानमा छन् ।
अन्तराष्ट्रिय क्रिकेटमा धमाकेदार प्रदर्शन
गर्ने धवनलाई पछि पारेसँगै पारस एकाएक
चर्चामा आएका छन् । उता
अफगानिस्तानका सेहनवारी ८७औं र नावी
८८औं स्थानमा छन् ।
नेदरल्याण्डस्सँगको ४ खेलको श्रृंखला नेपालले
३–१ ले गुमाए पनि पारसको प्रदर्शन उत्कृष्ट
थियो । सोही कारण उनी पहिलो पटक
विश्वकै उत्कृष्ट १०० टी–२० ब्याट्सम्यान
भित्र पर्न सफल भएका हुन् । यो पारसकोे खेल
जीवनकै निकै ठूलो उपलब्धि हो ।
त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले पनि
बरियतामा स्थान पक्का गरेका छन् । मल्ल २
सय ३३ अंकका साथ ८६औं स्थानमा छन् ।
मल्लले अफगानिस्तानका सेहनवारी र
नावीलाई उछिनेका छन् । त्यसैगरी सरद
भेषवाकर उत्कृष्ट १०० भित्र यथावत छन् । सरद
बरियताको ८१औं स्थानमा छन् । कप्तान
पारसले उछिनेका चर्चित क्रिकेटरलाई सरदले
पनि पछि पारेका छन् । टी–२० को शीर्ष
स्थानमा भने ८९७ अंकका साथ भारतका
बिराट कोहली रहेका छन् ।
यता बलिङतर्फ वसन्त रेग्मीले उत्कृष्ट १००
भित्र स्थान पक्का गरेका छन् । ३ सय ४२
अंकका साथ वसन्त ८३औं स्थानमा छन् । उनले
भारतका चर्चित अलराउण्डर सुरेश रैना र वेष्ट
ईण्डिजका अलराउण्डर क्रिस गेललाई पछि
पारेका छन् । भारतका रैना २ सय ९६ अंकका
साथ ९५औं स्थानमा छन् भने गेल ३ सय ३ अंकका
साथ ८९औं स्थानमा छन् । वेष्ट ईण्डिजका
स्यामुएल बद्री ७ सय ८२ अंकका साथ
अन्तरष्ट्रिय टी–२० बलरहरुको सूचीमा
पहिलो स्थानमा छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment