काठमाडौँ, २६ असार ।
नेपाली सेनाका मेजर विष्णु कार्कीकी
२२ वर्षीया पत्नी लतासाको रहस्यमय
मृत्यु भएको छ । मेजर परिवारले घरको
छतबाट खसेर मृत्यु भएको बताए पनि
माइती पक्षले हत्या भएको आशंका गरेर
प्रहरीमा उजुरी गरेका छन् भने पत्नी
मर्दा पति बेखबर छन् ।
नुवाकोट घर भएका मेजर कार्की र
धरानकी लतासाको ७ महिनाअघि
मात्र विवाह भएको हो । विवाह
भएको दुई सातादेखि नै मेजर कार्कीले
पत्नीलाई यातना दिने गरेको माइती
पक्षले बताएका छन् । मृत्यु भएकै दिन
लतासाले धरानमा रहेकी आमा
शारदासँग टेलिफोनमा कुराकानी
गरेकी थिइन् ।
संवादमा आफ्नो ज्यान खतरामा रहेको
आमालाई बताएकी थिइन् । श्रीमानले
आफूलाई निरन्तर मानसिक र शारीरिक
यातना दिने गरेको बताएपछि तत्कालै
आमा शारदा काठमाडौं हिडेकी
थिइन् । उनी काठमाडौँ आइपुग्दा
छोरीको मृत्यु भइसकेको थियो ।
मेजर कार्की पत्नी लतासासँगै
काठमाडौको धापासीमा बस्दै
आएका थिए । कार्की परिवारले घरको
छतबाट खसेर घाइते भएको र उपचारका
लागि ग्रान्डी अस्पतालमा लैजाँदै
गर्दा मृत्यु भएको बताएका छन् । तर
माइती पक्षले भने यो भनाइ अस्वीकार
गरेको छ । लतासाको स्वभाविक मृत्यु
नभई हत्या भएको दाबी गर्दै माइती
पक्षले प्रहरीमा जाहेरी दिएका छन् ।
पत्नीको मृत्युमा पनि मेजर कार्की
सम्पर्कमा आएका छैनन् ।
माइती पक्षले हत्या भएको आशंकामा
महानगरीय प्रहरी बृत्त महाराजगन्जमा
उजुरी दिएपछि लतासाको अन्त्यष्टि
रोकिएको छ । सीतापाइलास्थित
एभरेष्ट कजेलमा बिबिए तेस्रो वर्षमा
अध्ययनरत लतासाले बुधबार मात्र
आफ्ना बाबु भेटेकी थिइन् । उनले बाबुसँग
पनि आफू निकै अप्ठेरोमा बाँचिरहेको
बताएकी थिइन् । पत्नीको मृत्यु हुँदा
पति मेजर विष्णु कार्की सम्पर्कमा
नआएको र फरार रहेको खबर
यसकाठमान्डु डटकमले लेखेको छ ।

0 comments:

Post a Comment

 
Top