२१ असार, काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो दुरसञ्चार
कम्पनी नेपाल टेलिकमले आफ्ना
सेवाग्राही संख्या १ करोड २५
लाख पुगेको जानकारी दिएको छ ।
गत चैत महिनाको तथ्याङ्कले नै
टेलिकमका सेवाग्राही संख्या १
करोड २४ लाख ६८ हजार पुगिसकेको
जानकारी दिएको हो ।
टेलिकमका अनुसार जिएसएम
मोबाइल सेवाका ग्राहक १ करोड ४
लाख ४८ हजार, सिडिएमए सेवाका
ग्राहक १३ लाख ५५ हजार तथा
पिएसटिएन टेलिफोन सेवाका
ग्राहक ६ लाख ६४ हजार ५ सय रहेका
छन् । चैत मसान्तसम्म कम्पनीको
डाटा सेवाका प्रयोगकर्ता ६२ लाख २३ हजार
पुगेका छन् ।
फागुनदेखि चैतसम्म एक महिनाको अवधिमा २
लाख ८४ हजार कुल टेलिफोन ग्राहक थपिएका
छन् भने ८९ हजार डाटा सेवाका प्रयोगकर्ता
थपिएका छन् ।
इन्टरनेट चलाउने भए टेलिकमको यो सूचना पढ्नुस्ः
WiFI Hotspots प्रयोग गरिरहनु भएको छ ?
विभिन्न स्थानमा वाइफाई हटस्पटमार्फत
इन्टरनेट चलाउन सकिन्छ । ती स्थानमा WiFi
मार्फत इन्टरनेट चलाउनको लागि GSM तथा
CDMA पोष्टपेड÷प्रिपेड मोवाइलको म्यासेज
बक्समा गई WiFi टाइप गरी १४१६ मा म्यासेज
पठाएपछि प्राप्त हुने पासवर्ड प्रयोग गर्न
सकिन्छ । उक्त पासवर्डबाट एक घण्टासम्म
इन्टरनेट चलाउन सकिन्छ भने सो पासवर्डको
भ्यालिडिटी पिरियड २४ घण्टा कायम रहन्छ
। साथै उक्त सेवा प्रयोग गरे वापत ग्राहकहरुको
मोबाइलबाटै रु. १०।– कट्टा हुन्छ ।
नेपालभर रहेका WiFi Hotspots को जानकारी
लिनका लागि NT Hotspot Locator नामक
Mobile APP उपलब्ध छ । यसको प्रयोग गरेर आफु
नजिक रहेका WiFi Hotspots बारेमा थाहा
पाउनुका साथै WiFi Hotspots Service Subscribe
समेत गर्न सकिन्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment