दक्षिण
कोरियामा
मोटरसाइकल
दुर्घटनामा
परेर
दुई
नेपालीको
ज्यान
गएको
छ
।
आइतबार
साँझ
छाङवनमा
भएको
उक्त दुर्घटनामा स्याङजा विरुवा अर्चलका
त्रिचालीस वर्षीय भिमसेन के.सी र
नवलपरासी सुनवलका त्रिपन्न वर्षीय राम
बहादुर सिंजालीको ज्यान गएको हो ।
आइतबारे विदाको दिन घुमेर कम्पनीमा फर्कदै
गर्दा सडकको पर्खालमा ठोक्किएर
मोटरसाइकल दुर्घटनामा परेको जनाइएको छ ।
के.सीको दुर्घटनास्थलमै र सिंजालीको
उपचारका लागि अस्पतालमा लैजाने क्रममा
बाटोमै ज्यान गएको बताइएको छ । मृतक के.सी
शरणार्थी भिषामा र सिंजाली लामो समय
देखि अबैधानिक रुपमा बस्दै आएको बुझिएको छ
।
मृतकहरुको शव सामसंग अस्पतालमा राखिएको
छ । यसैबीच सोलस्थित नेपाली दुतावासले
आधिकारिकरुपमा घटनाको जानकारी
नआएको बताएको छ । तर केही नेपालीहरुले
घटनाको बारेमा जानकारी गराएको र
त्यसका बारेमा जानकारी लिने प्रयास
भइरहेको दुतावासका उपनियोग प्रमुख
राजाराम बर्तौलाले बताए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment