नवलपरासी,
२१
असार–
आमासँग
अनैतिक
सम्बन्ध
राखेको
आरोपमा
एकजनालाई
हत्या
गर्ने
अभियुक्तलाई
प्रहरीले
हत्या भएको नौ घन्टाभित्र पक्राउ गर्न सफल
भएको छ । आमासँग अनैतिक सम्बन्ध राख्ने
शिवपुजन थारुलाई कोदालोको प्रयोग गरी
हत्या गर्ने हेमराज थारुलाई जिल्ला प्रहरी
कार्यालयले पक्राउ गरी आइतबार सार्वजनिक
गरेको हो ।
नवलपरासीको सुनवल–९ बस्ने ५८ वर्षीय शिवपुज
थारुले अभियुक्त हेमराज थारुको आमासँग
पटकपटक अनैतिक सम्बन्ध राखेका कारण हत्या
गरेको अभियुक्तले स्वीकारेको प्रहरीले
जानकारी दिएको छ । सुनवल इलाका प्रहरी
कार्यालयका प्रहरी निरीक्षक प्रकाश
दाहाल र प्रहरी निरीक्षक शम्भुप्रसाद
सिटौलाको नेतृत्वमा खटिएको प्रहरी
टोलीले सूचनाको आधारमा अभियुक्त थारुलाई
घटना घटेको नौ घन्टाभित्रै विभिन्न
प्रमाणसहित पक्राउ गरेको प्रहरी उपरीक्षक
नवलप्रसाद उपाध्यायले पत्रकार सम्मेलनमार्फत
जानकारी दिए।
पत्रकार सम्मेलनमा सो घटनामा प्रभावकारी
भूमिका निर्वाह गर्ने प्रहरी जवान वीरेन्द्र
निसादलाई नगदसहित पुरस्कृत गरिएको थियो
। रासस

0 comments:

Post a Comment

 
Top