काठमाडौं । पूर्वएमाओवादी नेता बाबुराम भट्टराई निकट मानिने ४५ जना केन्द्रीय सदस्यले पार्टी मुख्यालयमा अघोषित राजीनामा बुझाएपछि एकीकृत माओवादीले बुधवार पार्टी स्थायी समितिको बैठक बोलाएको छ ।
पार्टी परित्याग गरेका डा.बाबुराम भट्टराईको कदमलाई समर्थन गर्दै असहमति पत्रका नाममा राजीनामा बुझाएका नेतामाथि कस्तो कारवाही गर्ने भन्ने विषयमा छलफल बैठक बोलाइएको पार्टी स्रोतले बतायो ।
प्रचण्डले राजीनामालाई गंभीर विश्वासघात भन्दै टिप्पणी गरेका छन् । उनले आफु निकट नेताहरुलाई विफ्रिङ गर्दै यस्तो बताएका हुन् । ‘राष्ट्रियता संकटमा परेको बेला पार्टीकै जो–जो कमरेडहले असहमतिका बुँदाका नाममा फरक मत राख्नुभएको छ । यो पार्टी र देशप्रति गंभीर विश्वासघात हो,’ प्रचण्डको भनाई उद्धृत गर्दै एकीकृत माओवादीका एक नेताले बताए ।
पार्टीबाट राजीनामा गरेका नेताहरुमाथि कस्तो कारवाही वा कदम चाल्ने भन्ने विषयमा स्थायी समितिले निर्णय लिने स्रोतले बतायो । मंगलबार विहान मात्र एकीकृत माओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलसहितका ४५ केन्द्रीय नेताले असहमतिका बुँदा भन्दै पार्टी मुख्यालयमा गएर सामुहिक राजीनामा पत्र बुझाएका थिए ।
उनीहरुले देशमा नयाँ शक्तिको आबश्यकता रहेको भन्दै उक्त अभियानमा सहभागी बन्न असहमति पत्र बुझाएको बताएका थिए ।

0 comments:

Post a Comment

 
Top