७४ दिनदेखि घैंटेको शव त्रिबि शिक्षण अस्पतालमा
काठमाडौं , १८ कात्तिक ।
प्रहरीसँगको मुठभेडमा मारिएका थुन्डा नाइके घैंटे कुमार श्रेष्ठको शव ७४ दिनदेखि त्रिवी शिक्षण अस्पतालमा छ ।घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शव बुझेका छैनन् । गत ३ भदौमा रानीबारीस्थित घरै अगाडि मुठभेडमा उनको मृत्यु भएको थियो । घैंटेका आफन्तले प्रहरीले नियोजित रुपमा हत्या गरेको आरोप लगाउँदै आएका छन् ।
प्रहरीले भने महानगरिय अपराध महासाशाको अपराध टोली संग मुठभेड हुदाँ मुत्यु भएको बताउदै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।

0 comments:

Post a Comment

 
Top