‘अरु खेलेको हेरेर रमाउँछु’
केकी अधिकारी, अभिनेत्री
तिहार आउँदा सानैमा देउसी–भैलो खेलेको निकै सम्झना आउँछ । पर्वको रमाइलो केटाकेटीमै हुँदो रहेछ । अहिले ठुलो भएपछि अरुले खेलेको हेर्न इन्जोय गर्छु । स–साना नानीहरु देउसी खेल्न हिडेको देख्दा आफ्नै बालापन याद आउँछ । तिहारमा काकाका छोराहरु समेत गरि ६ जनालाई एकै ठाउ जम्मा भएर समुहिक टिका लगाउने गर्छौं ।
सबै परिवारको भेलाले यत्तिकै पनि रमाइलो हुने भयो । तिहारमा सेल–रोटी विशेष परिकार नै मानिन्छ । मलाई भने खासै मन पर्दैन । एक दुई वटा चाखिदिन्छु । जनावरलाई पुजा गर्ने पक्ष तिहारको सबैभन्दा राम्रो लाग्छ । मेरो विचारमा सरसफाई गर्न प्रेरित गर्ने पर्वको पनि तिहार नै हो ।
‘दिदीहरुका लागि यसपाली विदेश गइन्’
हरिवंश आचार्य, हास्य अभिनेता
म सानैदेखि पाँच दिदिहरुको मायामा हुर्किएको मान्छे । अहिले तीन वटा मात्रै हुनुहुन्छ । दाजु भाई र दिदिबहिनिको सम्बन्ध प्रगाढ पार्ने पर्व भएकाले तिहारले मेरो लागि विशेष अर्थ राख्छ । गत वर्ष अमेरिकामा थिएँ । म नहुँदा दिदिहरु निराश हुनु भयो । यो पटक पनि विदेश जाने अवसर नआएको होइन् । तर, दिदिहरुको हात संधै खाली राख्न मन लागेन । त्यसैले यो वर्ष विदेशको कार्यक्रम रद्ध गरे । काइँली दिदि बानेश्वर बस्नु हुन्छ । उहाँको घरमा सबै भेला भएर टिका लगाउने योजना बनाएका छौं । तिहार उज्यालो पर्व मानिन्छ । अहिले देशको परिस्थीति अत्यन्त अँध्यारो छ । बत्ति कम बालेर राष्ट्रलाई सघाउने छु । मैले बत्ति थोरै बाले छिमेकीको घरमा हिटरको चुल्हो बल्छ नि । यतिबेला यस्तै सरल तिहार मनाउन जरुरी छ ।
‘७ वर्षपछि भाई टिका लगाउदैछु’
इभाना मानन्धर, मिस नेपाल
ठिक १० दिनपछि चाइनामा हुन लागेको मिस वल्र्डमा सहभागी हुन जादैछु । एकातिर उत्साह छ भने अर्कोतर्फ चुनौति । तिहारमा परिवारको जमघटले मलाई थप हौसला दिनेछ । ७ वर्षपछि भाईको निधार सप्तरंगी बनाउने अवसर पाएकी छु । विदेशमा पढ्ने भएकीले तिहारमा आउने संयोग नै जुरेको थिएन् । ढकमक्क फुलेका सयपत्रि फुल हेर्दा निकै रमाइलो मान्ने गर्छु । लक्ष्मी पुजा र गोर्वधन पुजा तिहारका विशेष दिन लाग्छ । मम्मीले पुजाका लागि सपिङ गरेको देखेर दंग पर्छु । मैले भने यसपटक फुलको सपिङ गरे । देशको असज परिस्थीतिमा पनि नेपालीहरुले दुख–सुख गरेर संस्कृति मनाउनु महानता हो । विदेशमा रहदा गति नजिकबाट नेपाली समाज बुझ्न पाएकी थिइन् । भुकम्प गएपछि र नाकाबन्दीको चपेटामा परेका नेपालीले दुखमा समेत मुस्कुराउन सक्छन् भन्ने अनुभुति गरेकी छु ।
‘सप्तरंगीन टिकाको महत्व बुझेको छु’
सरोज खनाल, अभिनेता
सप्तरंगी टिकाको महत्व बुझेको छु । सात रंगले दाजुभाई र दिदिबहिनीको पवित्र बन्धन जोड्ने अनौठो संस्कृति छ हाम्रो । संसारमा सायद कतै छैन यस्तो पर्व । दाजुभाई दिदिबहिनीको चाड भएकाले तिहारको भाईटिका मेरा लागि अत्यन्त मन पर्ने दिन हो । यसपटक ६ वर्षको पछि दिदिको हातले टिका लगाउँदै छु । विदेशमा बस्दा दशै तिहारको सम्झना निकै आउने गर्थ्यो ।
ढाडा हुँदा आफन्तको महत्व झनै बढ्दो रहेछ । पोखरामा बस्नुहुने दिदिलाई भेट्न उतै जादैछु । देश सुनसान छ । यस्तोबेला मन कसरी खुसि हुन सक्ला र ? त्यै पनि परम्परागत पर्व मनाउनै पऱ्यो । घुमघाम नगरेर घरमै मिठा परिकार खाँदै तिहारको मञ्जा दिनुपर्छ । उज्यालोको संकेत तिहार हो । कामना गर्छौ, तिहारमा नेपालीले बालेका बत्तिको प्रकाश राष्ट्र उन्नतीसम्म पुगोस् । घर उज्यालो भए मन उज्यालो हुन्छ भनिन्छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment