काठमाडाैं-सिस्नोपानी नेपालले आयोजना गरेको हास्य व्यंग्य देउसी कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै भेषमा प्रस्तुत भएका हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले हुर्मत लिए।
'अहिले यस्तै अन्धकारमा देउसी खेलौं,' नक्कली प्रधानमन्त्री बनेका धुर्मुसले भने 'एकबर्ष पछिको तिहारमा लोडसेडिङ मुक्त गर्छु म।' उनले मञ्चमा रहेका प्रधानमन्त्री ओलीलाई हेर्दै व्यंग्य बाण प्रहार गरे 'कि लोडसेडिङ मुक्त हुन्छ, कि म प्रधानमन्त्रीबाट मुक्त हुन्छु। दुईटामा एउटा हुन्छ हेर्नुस्।' धुर्मुसले देउसी भाकामा गीत भट्याउँदा र बीचबीचमा ठट्याैली गर्दा माहाैल राेमाञ्चक बन्याे।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment