दयाराम आचार्य/ साउन-२, नवलपरासी ।
आर्थिक बर्ष ०७१/०७२ मा नवलपरासीमा सवारी
दुर्घटनामा परी १ सय एक जनाको ज्यान गएको छ ।
०७१ श्रावण देखि ०७२ असार मसान्त सम्म भएका २ सय
आठ सवारी दुर्घनामा परी १ सय १ जनाको ज्यान
गएको हो ।
आर्थिक बर्ष ०७१/०७२ मा सबै भन्दा बढि १ सय १९ वटा
मोटरसाईकल दुर्घटनामा परेका छन । यस्तै ३८ वटा
ट्रक ७१ वटा बस, ४४ वटा जिपकार , १६ वटा ट्याक्टर
५३ वटा शारिरिक श्रम बाट चल्ने साधन र अन्य २
वटा सवारी साधन गरी जम्मा २ सय ९१ वटा सवारी
साधन दुर्घटना मा परेका छन ।
सवारी साधन दुर्घटनामा परी ७५ जना पुरुष ,२० जना
महिला र ६ जना बालवालिकाको ज्यान गएको छ
। यस्तै २ सय ११ जना गम्भिर घाईते भएको जिल्ला
ट्राफिक प्रहरी कार्यलय नवलपरासीका पदम बडुले
जानकारी दिनु भयो । गत आर्थिक बर्षमा सबै भन्दा
बढि आश्विन महिनामा सवारी दुर्घटनामा परी १५
जनाको ज्यान गएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment