उपकप्तान ज्ञानेन्द्र मल्ल मात्र २ रनमा आउट
दैनिक नेपाल २०७२ साउन १ गते १५:२२
काठमाडौं, १ साउन । सातौं ओभरको खेलमा नेपाललाई ठूलो
क्षति भएको छ ।
नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई मात्र २ रनमा गुमाएको
छ । यो समाचार तयार पार्दासम्म नेपालले ७ ओभरको
समाप्तीमा २ विकेट गुमाएर ४८ रन जोडेको छ । ज्ञानेन्द्रले ७
बल खेली २ रनमात्र बनाउन सके । ज्ञानेन्द्र स्विप गर्न खोज्दा
स्पिनरको बलमा राउन्ड द लेग बोल्ड भएका हुन् ।
व्याटिङ उत्कृष्ठ प्रदर्शन गर्दै अर्धशतक सम्म हान्न सक्ने क्षमता
उपकप्तान ज्ञानेन्द्र २ रनमा आउट भएपछि नेपाललाई ठूलो
क्षति भएको हो । यसअघि ओपनर प्रदीप ऐरीले ३ चौका
हानेका थिए । सागर पुन दुई चौकाको मद्दतमा व्यक्तिगत १३
रन बनाउँदै आउट भएका थिए । अहिले क्रिजमा कप्तान पारस
खड्का आएका छन् ।

0 comments:

Post a Comment

 
Top