दैनिक नेपाल २०७२ असार २४ गते १७:४२
काठमाडौं, २४ असार । रोजगारीका
लागि साइप्रस पुगेकी बुटवलकी एक महिला
आफ्नै मालिकको एसिड आक्रमणमा परेर
गम्भीर घाइते भएकी छिन् । आफ्नो
मालिकको यौन प्रस्ताव अस्वीकार गरेपछि
उनी एसिड आक्रमणमा परेकी हुन् ।
उनी साईप्रसस्थित पापोसमा घरेलु
कामदारको रुपमा कार्यरत थिईन । घरका
मालिक ५९ बर्षीय घरधनी सिमोसले पटक-
पटक यौन दुव्र्यवहार गर्दै आएको र यौन
प्रस्ताव अस्वीकार गरेपछि क्लोरिन नामक
एसिडले आक्रमण गरेको पीडितले बताएकी
छिन् ।
अहिले उनी स्थानिय अस्पतालमा उपचार
गराइरहेकी छिन् । एसिड आक्रमण गर्नेलाई
साइप्रस प्रहरीले पक्राउ गरेको छ । घाईतेले
पीडकलाई कारबाही गराउन र उचित
क्षतिपुर्ति दिलाउनका लागि साईप्रस
स्थित नेपाली समुदाय, बाणिज्य दुतावास
तथा एनआरएनए साईप्रससँग गुहार मागेकी
थिइन् ।
उनी नेपाली ४ लाख २५ हजार रुपैयाँ खर्च
गरी निलकमल म्यानपावर कम्पनी सिनामंगल
मार्फत साइप्रस पुगेकी थिईन् । मासिक ३
सय १४ युरो तलब पाउँने सम्झौतामा उनी
बैदेशिक रोजगारीको लागि साइप्रस
हानिएकी थिइन् ।
बैदेशिक रोजगारका लागि साइप्रस पुगेका
अधिकांश महिलाकामदारले योन शोषणमा
पर्नुपरेको छिमी ल्हमुले बताइन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment