२०७२ असार २५ गते
आजको पञ्चाङ्ग
वि.सं. २०७२ आषाढ २५ गते शुक्रबार तदनुसार ई.
सं. २०१५ जुलाई १० तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य
उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३५, (अनलागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान
०५:११ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान
०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान
०५:२१ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे
आषाढ कृष्णपक्षको नवमी तिथि, दिउँसो
०१:०६ बजेसम्म, त्यसपछि दशमी तिथि,
अश्विनी नक्षत्र, दिउँसो ०४:४१ बजेसम्म,
त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा
(अहोरात्र व्याप्त),
सुकर्मा योग, दिउँसो ११:१७ बजेसम्म, त्यसपछि
धृति योग,
गर करण, दिउँसो ०१:०६ बजेसम्म त्यसपछि वणिज
करण,
आनन्दादि योग : वज्र, चन्द्रवर्ण : रातो,
चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व,
वारशूल : पश्चिम,
आगामी ३ दिनभित्र पर्ने व्रत/पर्व तथा शुभ
मूहुर्त :
२७ गते : परमा एकादशी व्रत, त्रिपुष्कर योग,
विहान ०९ बजेर ११ मिनेटदेखि दिनको ०२ बजेर
२५ मिनेटसम्म,
२८ गते : सोमप्रदोष व्रत,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफन्त, मित्र र सहयोगीको साथ नदिए पनि
मन उत्सुक र आशावादी बन्नेछ । महत्वाकाङ्क्षा
र इच्छा जाग्नेछन्, तर इच्छा पूर्ण हुन सक्दैनन् ।
झिनामसिना र बेकामे वस्तुको किनमेलमा
धनखर्च हुनेछ । नरमाइलो दिक्कलाग्दो
यात्राको सम्भावना छ । कताकता कुनै
कुराको कमी भएको महसुस हुनेछ । आजका लागि
शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ सों
सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अहिलेको समय तपाईंको पक्षमा छैन । सुखी र
विलासितापूर्ण जीवन व्यतीत गर्न मन
लालायित हुनेछ । भोगविलास र शृङ्गारिक
सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।
मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा
तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका
क्रममा निराशा भोग्नु पर्छ । यात्राको योग
छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा
पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस
मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,
ह) –
साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र
सहयोग प्राप्त हुनेछ । शारीरिक
प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका
कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न
बनाएर काम गर्नुहोला, सफलता तपाईंको
मुट्ठीमा छ । रोकिएका सरकारी काम
सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी
आउने छैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय
नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे,
डो) –
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै
दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ ।
उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा
अचानक सानो समस्या देखिन सक्छ, तर
डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो
सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।
साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र
चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः
यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु,
टे) –
भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र
उत्साह देखाउनु राम्रो हुँदैन । सामाजिक र
आध्यात्मिक गतिविधिमा संलग्न हुनसके
शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र
आफन्तका बीचमा सानोतिनो वैरभावको
योग छ । पेसाव्यवसाय र रोजगारीका
मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका
लागि संघर्ष गर्नु पर्नेछ । आजका लागि शुभअङ्क
३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस
मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
–
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा
असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको
सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ ।
अनावश्यक यात्रा हुनेछ । आन्तरिक समस्या वा
मानसिक खिन्नताले सताउन सक्छ । भनेको
कुराले विपरीत अर्थ दिनसक्छ । साथीभाइ
टाढिन सक्छन् । आजका लागि शुभअङ्क ४ र
शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ
महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सोचेजस्तै सफलता प्राप्त गर्न निक्कै खट्नु पर्नेछ ।
बन्दव्यापारमा समय नदिनाले लाभ प्राप्त हुन
सक्दैन । दाम्पत्य जीवनमा चिसोपन बढ्नसक्छ ।
फकाउने र फुस्ल्याउने काममा समय खर्च हुनसक्छ ।
आज पार्टनरसीपमा कुनै काम गर्ने योजना
बनाउनु भएको छ भने त्यसलाई स्थगित गर्नु होला
। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या,
यि, यु) –
मनमा शान्तिको अनुभूति हुनेछ ।
सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन
आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न
सकिने छ । माया र प्रेमको वातावरण तैयार
हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट
लाभ मिल्नेछ । आज आमा वा मामाको
आशीर्वादले काम गर्न सक्छ । आजका लागि
शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विद्यार्थीका लागि आज थोरबहुत
सकारात्मक दिन नै रहने छ, तर आफ्नो क्षमतामा
घट्दै गएको महसुस हुनेछ । सन्ततिका लागि
भौतिक सुविधाको जोहो गर्ने सिलसिलामा
केही धनराशि खर्च हुने सम्भावना छ । आजको
चिन्तन र उपायले वैराग्य र निराशालाई
बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो
हुन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो,
गा, गि) –
खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा
आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा
लगानी हुनसक्छ । तपाईंले चिताएको काममा
अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ ।
विपरीतलिङ्गी साथीबाट मानसम्मानमा
आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन
बेर लगाउँदैन, संयम हुनुहोला । आजका लागि
शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि
सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो,
द) –
सामाजिक काममा संलग्न हुनुपर्ला ।
धार्मिक÷सामाजिक काममा प्रशंसित हुने
अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका
मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने
देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका
क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ,
आकाङ्क्षा पूर्ण हुनेछन् । मेवा मिष्ठान्न र
परिकार मिल्नेछ । आजका लागि शुभअङ्क ७ र
शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः
यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् ।
पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।
साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने
काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ ।
दूरदराजमा रहेको स्थान अथवा विदेशबाट
राम्रो समाचार प्राप्त हुनेछ । पुराना
साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ
। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका
रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो
नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

0 comments:

Post a Comment

 
Top