एटिएम कार्ड प्रयोगकर्ताले सावधानी
नअपनाउदाँ पैसा चोरी हुने गरेको बैंकहरुले
बताएका छन् ।
एटिएम कार्ड प्रयोगकर्ताले सुरक्षित राख्न
नसक्दा र गोप्य पीन नम्वर अरुलाई जानकारी
दिने गरेका कारण धेरैजसो एटिएमबाट पैसा
चोरी हुने गरेको नबिल बैंकका कार्ड एण्ड इ
बैकिङ डिभिजन प्रमुख युकेश श्रेष्ठले जानकारी
दिए ।
नजिकका साथी र आफ्नै घरका परिवारका
सदस्यले एटिएम कार्डबाट पैसा चोरी गर्ने
गरेको भेटिएको उनको भनाई छ ।
'एटिएम कार्डबाट पैसा चोरी भएको उजुरी
आएपछि त्यसको अध्ययन गर्ने गरेका छाै यस्तो
अध्ययनमा आफ्नै घरका सदस्य र नजिकको
साथीले नै उक्त कार्ड प्रयोग गरेर पैसा
निकालेको देखियाे ” श्रेष्ठले भने ।
यस्ताखालका चोरीबाट बच्नको लागि
एटिएम कार्ड प्रयोगकर्ताले आफ्नो कार्ड सधैँ
सुरक्षित राख्नुपर्ने श्रेष्ठले जानकारी दिए ।
मोवाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइस र कुनै
कागजातमा लेखेर राखेका कारण पनि
एटिएमबाट पैसा चोरी हुने गरेको छ ।
पर्समा गोप्य नम्बर र कार्ड एकैसाथ राख्न नहुने
उनको भनाई छ ।
यसरी गोप्य नम्बर र कार्ड एकैसाथ पाउदा
चोरहरुलाई एटिएमकार्डबाट पैसा निकाल्न
सहज हुने उनले बताए । एटिएम कार्ड तिन
प्रकारका हुने गरेका छन् । डेबिट कार्ड, क्रेडिट
कार्ड र प्रिपेड कार्डको प्रचलन रहेको छ ।
बैंकमा राखेको पैसा प्लाष्टिक कार्ड मार्फत
प्रयोग गर्न सकिने कार्ड डेबिट कार्ड हो भने
बैंकले निश्चित रकम सम्म उधारोमा प्रयोग गर्न
सक्ने कार्ड क्रेडिट कार्ड हो । क्रेडिट
कार्डबाट निश्चित रकम सम्म प्रयोगकर्ताले
प्रयोग गर्न सक्दछन् र अन्त्यमा बैंकलाई पैसा
तिर्नुपर्दछ । प्रिपेड कार्डभने विदेशमा जाँदा
नेपालीले नेपालको पैसा बैंकमा राखि
विदेशमा कार्डको प्रयोगबाट डलर निकाल्न
सक्दछन् ।
एटिएमका प्रयोगकर्ताले के गर्नुहुदैन
१ ) गोप्य नम्वर अरुलाई भन्ने र यसलाई कुनै
कागजात र इलेक्ट्रोनिक डिभाइसमा लेखेर
राख्नुहुदैँन ।
२ ) एटिएम कार्ड अरुको पहुँचबाट टाढा
राख्नुपर्दछ । यसलाई सधै आफूसँग मात्रै
राख्नुपर्दछ ।
३ ) एटिएम प्रयोगकर्ताले एटिएम प्रयोगका
क्रममा अपरीचित ब्यक्तिबाट सहयोग माग्नु
हुँदैन ।
४) एटिएम बुथमा गएपछि कारोवारका क्रममा
धेरै समय लगाउनु हुँदैन ।
५) एटिएम बुथमा कहिल्यै पनि हेल्मेट र मास्क
लगाएर छिर्नु हुुदैन ।
एटिएम प्रयोगकर्ताले के के गर्नुपर्दछ
१) बैकबाट एटिएमकार्ड प्राप्त गर्ने बित्तिकै
सिग्नेचर प्यानलमा दस्तखत गर्नुपर्दछ जसले गर्दा
तपाईको क्रेडिट कार्ड अन्य ब्यक्तिले प्रयोग
गर्न सक्दैन ।
२ ) बैंकले सुरुमा प्रदान गरेको गोप्य परिवर्तन
नम्बर गर्न जरुरी छ ।
३) एटिएम कार्डबाट पैसा निकाल्न एटिएम
बुथमा प्रवेश गरेपछि गोप्य नम्बर थिच्दा सिधा
उभिनुहोस् जसले गर्दा पछाडि उभिएको
मानिसले तपाईँको गोप्य नम्बर देख्न नसकोस् ।
साथै यसरी उभिदाँ एटिएममा रहेको पिन
नम्बर। स्थान पुरै छोपिएको हुनुपर्दछ ।
४) एटिएम प्रयोग गर्ने समयमा तपाइको
वरिपरि कोहि उभिएर नियाल्दै छ कि ख्याल
गर्नुहोस् ।
५ ) एटिएम प्रयोग पछि एटिएम बुथले प्रदान गर्ने
रसिद च्यातेर मात्रै डस्टबिनमा फाल्नुहोस् या
त घरमा सुरक्षित राख्नुहोस् । नच्याँती यस्तो
रसिद फाल्दा त्यसमा रहेको एकाउन्ट नम्बरबाट
ह्याकरले तपाइको एटिएम ह्याक गर्न सक्ने प्रबल
सम्भावना हुन्छ ।
६) क्रेडिट कार्ड प्रयोगकर्ताले कुनैपनि पसल वा
डिपार्टमेन्ट स्टोरबाट आफ्नो कार्डबाट
सामान खरिद गर्दा गोप्य नम्बर आफैँ
थिच्नुहोस् ।
७) गोप्य नम्बर बैंकका कुनैपनि अधिकारीले
माग्दा प्रदान गर्नुपर्दैन, त्यसैले यो नम्बर आफु
बाहेक अरु कसैलाई नबताउनुहोस् यसलाई सम्झेर
राख्नुहोस् ।
८) एटिएम कार्ड हराएमा तुरुन्त बैंकको हटलाइन
नम्बरमा फोन गरेर कार्ड बन्द गराउनुहोस् ।
९ ) क्रेडिट कार्डका प्रयोगकर्ताले कारोवार
स्लीप संग्रह गरेर राख्नुहोस् जसले अन्त्यमा बैंकले
महिनाको अन्त्यमा तपाईलाई प्रदान गरेको
कारोवार रकम र तपाईले गरेको कारोवारको
रकम तुलना गर्न सहज हुन्छ ।
१० ) अनलाइन मार्फत एटिएम प्रयोगगर्दा
शुरक्षित वेवसाइट रोज्नुहोस् ।
११) गोप्य नम्बर बेलाबेलामा परिवर्तन गर्ने
गर्नुहोस् ।

0 comments:

Post a Comment

 
Top