वि.सं. २०७२ आषाढ १९ गते शनिबार तदनुसार ई. सं. २०१५
जुलाई ०४ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, गृष्म
ऋतु, ने.सं. :— ११३५, (अनलागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय
: बिहान ०५:०८ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त :
साँझ ०७:०२ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१८
बजे र सूर्यास्त : साँझ ०७:०८ बजे
आषाढ कृष्णपक्षको द्वितीया तिथि, बिहान ०५:२९
बजेसम्म, त्यसपछि तृतीया तिथि,
श्रवण नक्षत्र, मध्यरात्रीपछि ०२:०३
बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा
(अहोरात्र व्याप्त),
वैधृति योग, बिहान ०७:५२ बजेसम्म, त्यसपछि विष्कुम्भ योग,
विष्टि (भद्रा) करण, दिउँसो ०४:२६ बजेसम्म त्यसपछि बब
करण,
आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण,
योगिनीदिशा : उत्तर, वारशूल : पूर्व,
आगामी ३ दिनभित्र पर्ने व्रत/पर्व तथा शुभ
मूहुर्त :
२१ गते : अन्नप्राशन(पास्नी),
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन
सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै
ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र
परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ
व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध
रहने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा
२१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कतै लामो दूरीको लाभदायी यात्रा गर्नु
छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने
समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी
गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ
काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि
राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आजका लागि
शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस
मन्त्रको कम्तीमा १८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आयुक्षेत्रमा चन्द्रमा भए पनि शुभग्रहको बल प्राप्त भएकाले
सानातिना काम र घरेलु समस्यामा नै आजको समय
व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ ।
सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण
चोटपटकबाट जोगिनु हुनेछ । प्राज्ञिक र बौद्धिक क्षेत्रको काममा
लामो यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग
कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ शं शनैश्चराय नमः यस मन्त्रको
कम्तीमा २३ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।
व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य
जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ
सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो
यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो
भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको
कम्तीमा १९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी
भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि
पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन
आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ
र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आजका
लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि
सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सन्तति पक्ष र भाइबहिनीले खुसीको
वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका
क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता
मिल्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ ।
पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।
साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नचिताएको स्थानबाट धनागमको संकेत छ । शरीर
फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा
लगानीको समय छ । चुनौतीका बाबजुद
नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ ।
जीवनसाथी, सन्तति वा
विपरीतलिङ्गी साथीसँग
सम्बन्ध आत्मीय बन्ने सम्भावना देखिन्छ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको
कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको
योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् ।
आम्दानी बढ्नेछ । सहयोगीहरूले
साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र
व्यावसायिक काममा भने केही चुनौतीको
सामना गर्नुपर्छ । समग्रमा बन्दव्यापारबाट फाइदा नै हुनेछ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं
शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम
हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ
लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने
योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित
मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको
अवसर प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क ५ र
शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते
वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका
साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु
हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक,
कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय
प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।
पारिवारिक सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र
शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको
कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।
जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम
गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका
क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा
बाधा भए पनि आम्दानीमा कमी
हुनेछैन, घरमा अतिथिको आगमन हुनसक्छ । आजका लागि
शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं
अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,
चि) –
शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ ।
स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।
पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा
विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।
ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं
हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

0 comments:

Post a Comment

 
Top