तस्विरः युरो क्रिकेट
चौथो तथा अन्तिम ट्वान्टी ट्वान्टी
क्रिकेटमा नेपालले नेदरलाण्ड्सलाई ३ विकेटले
हराएको छ।
टस हारेर एक सय ४० रनको लक्ष्य पाएको नेपालले
खेल सकिन २ बल बाँकि छँदै लक्ष्य भेट्टाएको
हो।
नेपालका लागि कप्तान पारस खड्काले
सर्वाधिक ५४ रनको योगदान दिए। चार खेलमा
पहिलो हाफ सेन्चुरी कटाएका पारसले ४० बल
खेलेका थिए। उनले ६ चौका प्रहार गरेका थिए।
यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले १८, बिनोद
भण्डारी १३, शरद भेसवारले १२ रन बनाएका
थिए।
यसअघि पहिले व्याटिङ गरेको नेदरल्याण्ड्सले
पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा एक सय ३९ रन
बनाएको थियो। नेदरल्याण्ड्सका लागि रि
भान डरले सर्वाधिक नटआउट ४० रनको योगदान
दिए। यस्तै बोरेनले २७, रहिल अहमेदले २५ तथा
मिचेल रिपोनले २२ रन जोडेका थिए।
चार ओभर बलिङ गरेका सागर पुनले २६ रन खर्चेर
सर्वाधिक ३ विकेट लिए। यस्तै चार ओभर नै
बलिङ गरेका बसन्त रेग्मीले ३१ रन खर्चेर २ विकेट
लिँदा सोमपाल कामीले एक विकेट झारेका
थिए।
यसअघि भएका तीनवटा खेलमा नेदरल्याण्डसँग
लगातार पराजित नेपालले प्रतियोगिता
गुमाएको छ। आजको हारसँगै नेदरल्याण्डले
चारवटा ट्वान्टी ट्वान्टी म्याच श्रृंखला ३–१
ले खेल आफ्नो पक्षमा पारिसकेको छ।

0 comments:

Post a Comment

 
Top