२०७२ असार २९ गते १८:५७
काठमाडौ, २९ असार । अर्थमन्त्री रामशरण महतले आगामी
आर्थिक वर्षको कुल ८ खर्ब १९ अर्ब ६६ करोड ८८ लाख ६६
हजारको बजेट मंगलबार संसदमा प्रस्तुत गरेका छन् ।
यो बजेटसँगै चुरोट र बियरमा भारी मुल्य बृद्धि हुने भएको छ ।
मन्त्री महतले चुरोट र बियरमा लाग्ने अन्तशुल्कमा बृद्धि भएको
बजेट प्रस्तुत गरेका छन् । यसले चुरोट र वियरको मुल्यमा भारी
बृद्धि हुनेछ ।
यस वर्ष शिक्षाको लागि ९८ अर्ब ६४ करोड रुपैयाँ बजेट
विनियोजन भएको छ । दुर्गम क्षेत्रका सामुदायिक
विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेटको प्रविधिमार्फत गणित,
विज्ञान र अंग्रेजी विषय पढाइने बजेटमा उल्लेख छ ।
आउँदो बर्ष १ हजार ९ सय ४२ किलोमिटर सडकको ट्रयाक खुल्ने,
७ सय ९५ किमी कालोपत्रे गर्ने र १ सय ७० पुल निर्माण गरिसक्ने
मन्त्री महतले बताएका छन् । आर्थिक वर्षको दोस्रो
चौमासिकसम्मा पनि ५० प्रतिशत भन्दा कम काम गर्नेलाई
बजेट समर्पण गर्न लगाइने छ ।
आगामी आवबाट विद्युतीय भिसा सेवा पनि सुरु गरिने बजेटमा
उल्लेख छ । विदेशमा काम गर्ने नेपालीको सुरक्षाका लागि
नियोगको क्षमता बढाइने पनि मन्त्री महतले बताएका छन् ।
अब विदेशी नागरिकलाई नेपालमा काम गर्न श्रम स्वीकृति
अनिवार्य रुपमा लागु गरिने बजेटमा उल्लेख गरिएको छ ।
रेमिटान्सलाई उत्पादनशील क्षेत्रमा लागानी गराउन रेमिटा
हाइड्रोको कार्यक्रम सञ्चालनमा ल्याइने पनि बजेटमा उल्लेख
छ । यस वर्ष सेनाका लागि ३२ अर्ब र प्रहरीको लागि ३८ अर्ब
३६ करोड बजेट बिनियोजन गरिएको छ । प्रहरीको अनुसन्धान
क्षमता बढाउन १६ करोड छुट्टाईएको छ ।
पर्यटनसँग सम्बन्धित उद्योगले व्यवसाय विस्तार गर्नको लागि
लाभांस कर नलाग्ने र सय बढी उद्योगलाई लाग्ने आयकरमा थप
३० प्रतिशत छुट दिने बजेटबाट घोषणा गरिएको छ ।
विभिन्न स्थानमा रंगशालामा निर्माणको लागि २१ करोड
विनियोजन गरिएको छ । खेलाडीहरुको बीमा हुने पनि
बजेटमा उल्लेख छ ।दुर्घटनाका घाइतेको उपचारका लागि
भरतपुरमा मनमोहन र बाग्लुङमा हरि खड्का ट्रमा सेन्टर
स्थापना गरिने बजेटमा उल्लेख छ ।
भूकम्प प्रभावित १४ जिल्लालाई मोवाइ चार्ज गर्न र बत्ति
बाल्न सौर्य उर्जा जडानका लागि ४ अर्ब विनियोजन
गरिएको छ । शहरी क्षेत्रमा सौर्य उर्जा जडान गर्नका लागि
थप ४५ करोड विनियोजन भएको छ । तर यसको लागि ठाउँ भने
तोकिएको छैन ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment