दैनिक नेपाल २०७२ असार २४ गते १२:२०
काठमाडौं, २४ असार ।जागिरको खोजीमा
भौतारिएकाहरुलाई कृषि सामग्री कम्पनीले
राम्रो अवसर प्रदान गरेको छ । गत
विहीवारदेखि कम्पनीले ५२ जनाको लागि
आवेदन खुला गरेको हो ।
कम्पनीले १७ जना शाखा अधिकृत, ९ जना
वरिष्ठ सहायक र २६ जना सहायक कर्मचारी
माग गरेको छ । अधिकृतमा खुलातर्फ ९ जना र
आरक्षणतर्फ ३ जना महिला, २ जना आदिवासी
जनजाति, २ जना मधेशी र १ जना दलित कोटा
रहेको जनाइएको छ ।
त्यस्तै, बरिष्ठ सहायकमा खुलातर्फ ५ जना र
महिला, आदिवासी जनजाति, मधेशी र दलित
आरक्षणमा एक/एक पद रहेको छ । सहायक पदमा
खुलातर्फ १४ जना र आरक्षणतर्फ ४ जना महिला,
३ जना आदिवासी जनजाति, ३ जना मधेशी, १
जना दलित र १ जना अपाङ्ग कोटा रहेको छ ।
जागिर खान चाहनेले कृषि सामग्री कम्पनी
लिमिटेडेको यो (०१-४२७९४९७) नम्बरमा सम्पर्क
राख्नुहोला ।
शाखा अधिकृत पदमा दरखास्त दिन स्नातक,
बरिष्ठ सहायकका लागि प्रविणता प्रमाणपत्र
तह र सहायक पदका लागि एसएलसी उतीर्ण
गर्नुपर्नेछ । योग्यता पगेका र इच्छुक व्यक्तिले ३०
दिनभित्र कृषि सामग्री कम्पनी लिमिटेडको
काठमाडौंमा रहेको प्रधान कार्यालयमा
आवदेन बुझाउनुपर्नेछ । न्युनतम तलब २० हजार दिईने
कम्पनीले जनाएको छ । त्यसभन्दा माथि पद
अनुसार तलब तोकिएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment