काठमाडौं, २९ माघ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईले शनिबार(भोली) धुमधामका साथ कन्यादान गर्ने भएका छन् ।
बाबुरामकी एक्ली छोरी मानुषीको विहे पूर्व अखिल क्रान्तिकारी नेता तथा हाल नयाँ शक्तिमा समाहित भएका तनहुँ निवासी जेकेन्द्र श्रेष्ठसँग हुन लागेको हो ।
जेकेन्द्र र मानुषी
श्रेष्ठ गरिब परिवारका छोरा हुन् । लामो प्रेमपछि बाबुराम र हिसिला यमीको सहमतिमा उनले मानुषीसँग विवाह गर्न लागेका हुन् । मानुषीसँग विहे भएसँगै श्रेष्ठको भाग्य भने चम्किने निश्चित छ । किनकि मानुषी बाबुराम र हिसिलाकी एक्ली छोरी हुन् ।
उसो त श्रेष्ठ हिसिला यमीकै गाउँले हुन् । हिसिलाकै पहलमा यो विहे हुन लागेको हो । श्रेष्ठ निकटस्थका अनुसार उनी निकै चलाख युवा हुन् । जसका कारण मानुषीलाई पट्याउन सके । र भोली लगनगाँठो समेत कस्दैछन् ।
विहे पार्टीमा को-को लाई बोलाईयो ?
एमाओवादीको पूर्व नेता समेत रहेका बाबुरामले सबै दलका नेता तथा केही आफन्तहरुलाई विहे समारोहमा बोलाएका छन् । जनवादी तरिकाबाट विहे गर्ने तयारी भइरहेको भट्टराईको परिवारले जनाएको छ । विहे आफ्नै निवास सानेपामा हुनेछ ।
विवाहका लागि भट्टराई परिवारले कार्ड नछापेपनि मौखिक रुपमा सबैलाई निम्तो दिइएको छ । जसमा प्राय सबै राजनीतिक दलका नेताहरु रहेका छन् । नयाँ शक्ति अभियानका नेताहरुलाई पनि बाबुरामले आमन्त्रण गरेका छन् ।
तर, एमाओवादीका अध्यक्ष प्रचण्ड र महासचिव कृष्णबहादुर महरालाई भने निम्ता नदिएको प्रचण्डपुत्र प्रकाश दाहालले बताए ।
३० बर्ष लामो राजनीतिक यात्रा गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई किन निम्ता दिएनन् भन्ने प्रश्न खडा भएको छ ।
- See more at: http://dainiknepal.com/2016/125581.html#sthash.dj7JUOqf.DmSYyRaP.dpuf
0 comments:
Post a Comment