नयाँ दिल्ली— प्रदूषण रोक्न तथा अन्य कारणले सवारी साधन जोरबिजोर गरिएको सुनिँदै आएको हो। मोइबाइल फोन बोक्न पनि जोरबिजोर प्रणाली लागू भएको सुन्दा तपाइँ छक्क पर्नुहोला। नयाँ दिल्लीको एउटा कलेजले यस्तै नियम बनाएको छ।

मोबाइल प्रयोगका कारण विद्यार्थीको अध्ययनमा असर परेको, घातक रोगको सम्भावना बढाएको निष्कर्ष निकाल्दै त्यसलाई नियन्त्रण गर्न स्टेफन्स कलेजले यस्तो नियम लागू गरेको हो। त्यहाँ अध्ययन गर्ने विद्यार्थीले अब जोरबिजोरअनुसार मोबाइल बोक्न पाउनेछन्। मोबाइलको नम्बर जोर र विजोरका आधारमा यो प्रणाली लागू हुनेछ। जोरबिजोरको फैसला मोबाइलको अन्तिम नम्बरबाट गरिनेछ।

कलेज प्रिन्सिपल वाल्सन थम्पुले जुलाईदेखि मोबाइल फोनको प्रयोग त्यागेको बताए। 'मैले जुलाइदेखि नै सेल फोन प्रयोग गर्न छोड्दिएँ। यसले मेरो ध्यान भंग हुने तथा टाउको दुक्ख्ने निकै कम भएको छ। मेरो ध्यान केन्द्रित गर्ने क्षमता बढेको छ', उनले भने।

मोबाइल फोन प्रयोगको यो नयाँ प्रणालीलाई सो कलेजका ७० प्रतिशतभन्दा बढी विद्यार्थीले रुचाएका छन्। यो नियम बाध्यकारी भने होइन। उल्लंघन गर्नेलाई कारवाही नगरिने कलेज प्रशासनले जनाएको छ।

- See more at: http://nagariknews.com/world/story/52527.html#sthash.nrcaBC8O.dpuf

0 comments:

Post a Comment

 
Top