काठमाडौं, २९ पुस । नाकाबन्दीले जनजीवन अस्तव्यस्त बनेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भारत विरोधी भावना बढेको बताएका छन् ।

भारतीय च्यानल न्यूज ट्वान्टीफोरलाई अन्तर्वार्ता दिँदै ओलीले भारत र नेपाल प्राकृतिक रुपमा तथा अन्य हिसाबले असल छिमेकी रहेको भन्दै पछिल्लो समय नेपालमा भारत विरोधी भावना बढेको स्पष्ट पारे ।

यसको कारण भारत नै भएको प्रधानमन्त्रीको भनाई थियो । न्यूज ट्वान्टीफोरका सञ्जीव त्रिवेदीले हिन्दीमा गरेको प्रश्नको नेपाली तथा अंग्रेजीमा नभई हिन्दीमै जवाफ दिएका प्रधामन्त्री ओलीले नेपाल–भारतबीच विवाद ल्याउने नेपालको उद्देश्य नभएको भन्दै भारतले इन्धन आपूर्ति रोक्दा भारत विरोधी भावना बढेको बताए ।

भारत भ्रमणका बारेमा गरिएको प्रश्नको प्रधानमन्त्री ओलीले चीन र भारत दुवै नेपालको छिमेकी देश रहेको भन्दै जहाँ गए पनि फरक नपर्ने जवाफ हिन्दीमै फर्काए ।

- See more at: http://dainiknepal.com/2016/118372.html#sthash.apIKSVXK.BP17obaY.dpuf

0 comments:

Post a Comment

 
Top