नरेन्द्र मोदी र नाकावन्दीविरुद्ध खनिए भारतीय जनता | ट्वीटर ट्रेन्डमा #ModiHimalayanBlunder ह्यासट्याग अगाडी
Published On:  November 2, 2015
ताजा खबर, काठमाण्डौँ । भारतले अघोषित रुपमा नेपाललाई गरेको नाकावन्दीविरुद्ध भारतीय जनताले विरोध गरेका छन् । नेपाललाई नाकाबन्दी गरेर ठूलो भूल गरेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनी नेतृत्वको सरकारको विरोध गरेका हुन्।
#ModiHimalayanBlunder ह्यासट्यागमा ट्वीट गर्दै उनीहरुले विरोध गरेका हुन् । असल छिमेकी राष्ट्र नेपाललाई नाकाबन्दी गर्दै पेट्रोलियम लगायतका सामग्री नेपाल लैजान नदिएको विरोधमा उनीहरुले मोदीको आलोचना गरेका छन्।
#ModiHimalayanBlunder ह्यासट्याग भारतमा ट्रेन्डिङ भइरहेको छ । भारतको नाकाबन्दीले नेपालले चीनको सहयोग लिन वाध्य भएको भन्दै मोदी विदेश नितिमा नराम्रोसँग चुकेको उनीहरुले बताएका छन् । ट्विटेहरु भन्दैछन्, ‘नरेन्द्र मोदी एक्लै नै ठिक छन् । न त उनले घरकी श्रीमतीलाई खुशी र शान्त पार्न सके, न त राज्य, देश र आफ्नो छिमेकीलाई ।’ केही ट्वीटहरु पढ्नुस् :

0 comments:

Post a Comment

 
Top