आधुनिक हतियारसहित भारतीय प्रहरी नेपालमा
वीरगन्ज, १५ कात्तिक ।
रक्सौल नाकाबाट शुक्रबार हतियार र बर्दीसहितका भारतीय प्रहरी नेपाल प्रवेश गरेका छन् । मधेसी दलका नेता र कार्यकर्ताले उक्त नाकाको दसगजा क्षेत्रमा डेढ महिनादेखि धर्ना दिएर नाकाबन्दी गरेका छन् । शुक्रबार बेलुकी आठ बजेतिर बी आर ३३ एम ७६१६ नम्बरको बोलेरो र बि आर ०९ आर ३९५३ नम्बरको स्कार्पियो गाडीमा सवार डिएसपी सहितका भारतीय प्रहरीहरु नेपाल छिरेका हुन् ।
वीरगन्ज र रक्सौल नाका बीचको मितेरी पुलमा दिनरात २४ सै घण्टा धर्ना दिएका आन्दोलनकारीहरुले सवारी सधानको आवागमन ठप्प पारे पनि शुक्रबार बेलुकी हतियार र बर्दि सहितका भारतीय प्रहरी सवार दुवै गाडी धर्ना जारी रहेकै मितेरी पुल पार गरेर वीरगन्ज प्रवेश गरेको छ ।
धर्नामा बसेकै दिन देखि आन्दोलनकारीले मितेरी पुलबाट साइकल, मोटरसाइकल र रिक्सा बाहेक अन्य कुनै पनि सवारी साधन आउजाउ गर्न दिएका छैनन् । तर शुक्रबार बेलुकी भने धर्नामा बसेका आन्दोलनकारीहरुले भारतीय प्रहरी सवार दुवै गाडीलाइ कुनै अवरोध र रोकटोक नगरि नेपाल छिर्न दिएका थिए।
मितेरी पुल पार गरेर इनर्वा स्थित शंकराचार्यद्धारमा पुगेका भारतीय प्रहरीका दुवै गाडीलाइ नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँच गरेका थिए । चेकजाँचका क्रममा नेपाली प्रहरीले भारतीय प्रहरीको बर्दि खोल्न लगाएका थिए।
नेपाली प्रहरीले गाडी भित्र भने चेकजाँच नगरेका कारण भारतीय प्रहरीहरु हतियार सहित नै वीरगन्जको आदर्शनगर तर्फ गएका थिए । भारतीय प्रहरीको गाडी भित्र एसएमजी सहितका हतियार राखिएको थियो । इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक पुरुषोत्तम सुबेदीले भने डिएसपी सहितका भारतीय प्रहरी सवार दुइ वटा गाडी शुक्रबार बेलुकी मितेरी पुल हुदै वीरगन्ज भित्रिएको बताए।अाजकाे अन्नपूर्ण पोस्ट मा खबर रहेकाे छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment