दैनिक नेपाल २०७२ साउन २४ गते १८:५०
काठमाडौं, २४ साउन । शनिबार मध्यराति प्रमुख दलका शीर्ष नेताबीच भएको ६ प्रदेशको सीमांकन सहमतिलाई लिएर तीन जिल्लाका नागरिकले डा. बाबुराम भट्टराईलाई जेल हाल्नुपर्ने माग गरेका छन् ।
६ प्रदेशको सीमांकनमा नेपालका तीन जिल्लालाई टुक्र्याएर सहमति गरेको भन्दै त्यहाँका नागरिकले सामाजिक सञ्जालमा आक्रोस पोखेका हुन् । प्रकाश समीरले लेखेका छन्-‘अर्काको जिल्लामा मनपरी गर्ने हिसिलापति बाबुराम भट्टराईलाई जेल हाल्नु पर्छ ।’
त्यस्तै, सिर्जना पन्त लेख्छिन्-‘ए नेता हो तिमीहरुले ढोरपाटन र वुर्तिवाङलाई कतिमा बेच्यौ ? काठमाडौमा बस्न पुग्छ कि पुग्दैन ? पुगेन र जिल्ला फर्कन परो भने जनताले तिमीहरुको कुन गति बनाउलान् ।’
त्यस्तै मिलन विकले पनि त्यस्तै कडा आलोचना गरेका छन् । लेख्छन्-‘बागलुङ हाम्रो साझा जिल्ला हो । यस जिल्लालाई जस्ले टुक्रयाएको हो, त्यसलाई नी टुक्रयाउनु पर्छ ।’ यस्ता प्रकारका संयौ स्टाटस सामाजिक सञ्जालमा छताछुल्ल भएका छन् ।
६ प्रदेशमा प्रमुख दलका शीर्ष नेताहरुबीच भएको सीमांकन सहमतिले नेपालका तीन जिल्ला नवलपरासी, बागलुङ र रुकुमलाई टुक्रयाएपछि विरोध बढेको हो । अधिकांशले बाबुरामलाई गाली गरेर प्रतिक्रिया दिएका छन् ।
शनिबार राति बाबुराम संयोजक रहेको शीर्ष नेताको विशेष समितिले ६ प्रदेशसहितको सीमांकनमा सहमति गर्दा तीन जिल्ला टुक्रिएका थिए ।
0 comments:
Post a Comment