दैनिक नेपाल २०७२ साउन २० गते १८:४१
काठमाडौँ, २० साउन । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले दलित सङ्घर्ष समितिले मङ्गलबार काठमाडौँको बिजुली बजारमा आयोजना गरेको प्रदर्शनका क्रममा घटेको घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।
व्यवस्थापिका संसद्को आजको बैठकमा उहाँले सो घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गरिने सदन समक्ष जानकारी गराउँदै छानविन समितिले दिएको प्रतिवेदनका आधारमा दोषिमाथि कारवाही गर्न सरकार प्रतिवद्ध छ भन्नुभयो ।
गृहमन्त्री गौतमले प्रदर्शनका क्रममा आन्दोलनकारीले सार्वजनिक यातायात आवागमनलाई अवरोध गर्नुका साथै यातायातका साधन एवम् सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरेपछि सुरक्षाकर्मीले बाध्य भएर आन्दोलनकारीलाई नियन्त्रणमा लिएको जानकारी दिँदै नियन्त्रणमा लिएकालाई छाडिसकिएको वताउनुभयो । सार्वजानिक बाटो सुचारु गर्नु सरकारको दायित्व हो, उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसका मीनबहादुर विश्वकर्माले गृहमन्त्री गौतमले सदनमा दिनुभएका जवाफ चित्त बुझ्दो नभएको भन्दै दलित आन्दोलनमाथि के कारणले मङ्गलबार प्रहरीले दमन ग¥यो भन्ने प्रश्न गर्नुभयो ।

0 comments:

Post a Comment

 
Top