नवलपरासीको २ छुट्टाछुट्दै स्थानमा भएको सवारी दुर्घटनामा
परि २ जनाको ज्यान गएको छ भने २१ जना घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटका ले दिएको जानकारी
अनुसार आज विहान ५ बजेको समयमा गैंडाकोट–९ थुम्सीमा
भएको दुर्घटनामा परि एक जनाको घटना स्थलमा नै मृत्यु भएको
छ । बसमा सवार १३ जना घाईते भएका छन् ।
२ जनाको अवस्था गम्भिर रहेको छ । मृतकको
सनाखत हुन सकेको छैन । घाईतेमध्ये ६ जनाको
पुरानो मेडिकल कलेज र ७ जनाको नयाँ मेडिकल
कलेज भरतपुरमा उपचार भैरहेको छ । यस्तै गएराती
पौने १२ बजेको समयमा भारतीय नम्बर प्लेटको
ट्रक ब्रेक फेल भई पल्टिदा एक जनाको ज्यान
गएको छ । दुर्घटनामा एक जना घाईते भएका छन्
।जिल्ला प्रहरी कार्यालय नवलपरासीका
अनुसार दुक्कीवास–५ मा एचआर४ए ९९९७
नम्बरको ट्रक पल्टिदा चाकलको घटना स्थलमा
नै मृत्यु भएको हो ।मृत्यु हुनेमा युपी मेरठ
मावानग्राम पंचायत बस्ने ५० वर्षको मोहमद
आईसानरहेका छन् । यस्तै घाईते हुनेमा सहचालक ३० वर्षका मोहमद
माजित रहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

 
Top