सुचना संचारको समय भएको कारण मानिसको दैनिक जीवनमा मोबाईल/
फोनले महत्वपुर्ण स्थान लिएको छ । सम्पर्क स्थापित गर्न होस् या नयाँ कुराबारे
जानकारी लिन यी सुचनाका साधनले महत्वपुर्ण भुमिका
खेलेको छ । सुचनाको पहँुच स्थापना गर्न प्रयोग गरिने यी साधनको
प्रयोगमा हामीले पनि सतर्कता अपनाउन उतिनै जरुरी छ ।
यसो नगरेको खण्डमा महँगो मुल्यमा किनेको तपाँईको फोन छिट्टै बिग्रने सम्भावना
हुन्छ । मोबाइल सेट चलाउने तरिकाले ब्याट्रीमा पर्ने असरबारे तपाँई
अनभिज्ञ हुनुहुन्छ भने हेरौं यी ५ टिप्स ।
१.फोनलाई ल्यापटपसँग जोडीराख्नु –: यस्ता धेरै प्रयोगकर्ता
हुन्छन् जो स्मार्टफोनलाई प्राय आफ्नो कम्प्यूटर वा ल्यापटपसँग जोडी
राख्छन् । यसो गर्नाले पावर लगातार ब्याट्रीमा जान्छ, जसको कारण
ब्याट्रीको आयु छोटो हुन्छ ।
२.बारम्बार चार्जमा राख्नु –: धेरै प्रयोगकर्ता फोनको ब्याट्री थोरै कम
भए पनि चार्जमा राख्छन् । ऊ बारम्बार यस्तो गर्छ । यस कारणले पनि
ब्याट्रीलाई नोक्सान पुग्छ र यसको आयु कम हन्छ ।
३.फोनलाई भाइब्रेशन मोडमा राख्नु –: फोनलाई साइलेन्ट राख्नको लागि धेरै
प्रयोगकर्ता यसलाई भाइब्रेशन मोडमा राख्ने गर्छन् । लगातार भाइब्रेशन हुनुको
कारण फोनको ब्याट्री छिट्टै डिस्चार्ज हुन्छ । ब्याट्रीको
आयु कम हुनुको एउटा कारण यो पनि हो ।
४.रातभरी चार्जमा राख्नु –: यस्ते प्रयोगकर्ता आफ्नो फोनको
ब्याट्रीलाई सबैभन्दा बढी नोक्सान पुर्याउँछ, जो यसलाई
रातभरी चार्जमा राख्छ । यस्तो गर्नाले ब्याट्रीको शक्तिमा
ह«ास पैदा भई यसको आयु छोटो हुन्छ ।
५.जिपीएसको प्रयोग – : लगातार जिपीएसको प्रयोगले पनि
फोनको ब्याट्री तातो हुन्छ । साथै, अनलाइन हुनुको कारण
ब्याट्री डिस्चार्ज हुन्छ । यी दुई कारणले
ब्याट्रीमा असर पर्दछ ।
प्रतिक्रियाहरु
0 comments:
Post a Comment