दैनिक नेपाल २०७२ असार १७ गते ८:२०
काठमाडौँ, १७ असार । महिलामाथि अश्लील
व्यवहार देखाएका कृषि मन्त्री हरिप्रसाद
पराजुलीले अन्ततः राजीनामा दिएका
छन् ।
बुधबार राति नौ बजे नेकपा एमालेका अध्यक्ष
केपी शर्मा ओलीको निवासमा
बालकोटमा पुगेर उनले राजीनामा बुझाएका हुन् ।
राजीनामा स्वीकृतिका लागि
अध्यक्ष ओलीले फोन गर्दा
प्रधानमन्त्री सुतिसकेकाले बुधबारै कार्यान्वयन
हुन नपाएको स्रोतको भनाइ छ ।प्रधानमन्त्रीले
बिहीबार राजीनामा
स्वीकृत गर्ने बताइएको छ ।
एमाले उपाध्यक्ष एवं उपप्रधान तथा
गृहमन्त्री वामदेव गौतमले पनि कृषि
मन्त्रीको राजीनामाको पुष्टि
गरेको नेकपा एमालेको किसान महासंघका कार्यालय सचिव
डीबी कार्कीले
दैनिक नेपाललाई जानकारी दिए ।
पदीय मर्यादा राख्न नसकेको भन्दै नेकपा
एमालेभित्रै उनको व्यापक आलोचना भएको थियो ।

0 comments:

Post a Comment

 
Top