एजेन्सी, ७ साउन– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले एक ताराको कक्षमा घुम्ने पृथ्वीको आकारको दोस्रो ग्रह पत्ता लगाएका छन् । यो ग्रह सौर्यमण्डल भित्रै रहेको छ र यसमा पानी भएको सम्भावना भेटिएको पनि वैज्ञानिककले बताएका छन् ।
शोधबाट मिलेको संकेतअनुसार पृथ्वीमा जस्तै यो ग्रहमा पनि चट्टान हुनसक्ने अनुमान गरिएको छ । पृथ्वीभन्दा बाहिर जीवन खोजने नासाको प्रयासमा यो खोज महान् हुने ठानिएको छ ।
बाहिरी ग्रहको खोजीमा लागेको स्पेस टेलिस्कोपको यस खोजको बारेमा जानकारी दिन बिहीबार नासाले पत्रकार सम्मेलन गर्नसक्ने बताइएको छ ।
यस टेलिस्कोपको सन् २००९ मा सार्वजनिक गरिएको थियो । केपलरले अहिलेसम्म हजारभन्दा बढी ग्रह खोजिसकेको छ । ०.९५ व्यासभएको यो टेलिस्कोपले करिब एक लाख ताराको चमक माथि निगरानी रख्दछ । यासले कुनै ताराको चमक कम भएको रेकर्ड राख्ने गर्दछ । कुनै ताराको चमक तब कम हुन्छ जब कुनै ग्रह उसको कक्षमा घुम्दै सम्मुखमा आउँछ ।
सन् २०१५ मा केपलरले जीवनको सम्भावना भएका आठ वटा नयाँ ग्रहको खोजी गरेको छ । यसभन्दा पहिले पृथ्वीजस्तै दुई ग्रह केपलर ४३८ बि र केपलर ४४२ बि ग्रह पत्ता लगाएको थियो तर यी दुवै ग्रहको आकार पृथ्वी भन्दा कयौं गुणा ठूला थिए । यी ग्रहहमा अत्याधिक गर्मी भएका कारण जीवनको सम्भावना कम भएको बताइएको थियो ।

0 comments:

Post a Comment

 
Top