सुनसरी, २०७२ असार २१ गते
आजको पञ्चाङ्ग
वि.सं. २०७२ आषाढ २१ गते सोमबार तदनुसार ई. सं. २०१५
जुलाई ०६ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, गृष्म
ऋतु, ने.सं. :— ११३५, (अनलागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय
: बिहान ०५:०९ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त :
साँझ ०७:०२ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१९
बजे र सूर्यास्त : साँझ ०७:०८ बजे
आषाढ कृष्णपक्षको पञ्चमी तिथि, बेलुका १०:४९
बजेसम्म, त्यसपछि षष्ठी तिथि,
शतभिषा नक्षत्र, मध्यरात्रीपूर्व ११:०६
बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा
(अहोरात्र व्याप्त),
आयुष्मान् योग, मध्यरात्रीपूर्व ११:२० बजेसम्म,
त्यसपछि सौभाग्य योग,
कौलव करण, दिउँसो १२:०३ बजेसम्म त्यसपछि तैतिल करण,
आनन्दादि योग : अमृत, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम,
योगिनीदिशा : दक्षिण, वारशूल : पूर्व, नक्षत्रशूल
: दक्षिण,
आजको मूहुर्त : अन्नप्राशन(पास्नी),
आगामी ३ दिनभित्र पर्ने व्रत/पर्व तथा शुभ
मूहुर्त :
२३ गते : अष्टमी व्रत, अन्नप्राशन
(पास्नी),
२४ गते : गोरखकाली पूजा,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राज्यपक्षमा रहेको कमजोर चन्द्रमाको प्रभावले ढिलो
गरी कार्यसम्पादन हुने दिन छ ।
साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र
सहयोगको खाँचो महसुस हुनेछ । बोझिला र शारीरिक
प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्त हुने छैन ।
राज्यपक्ष र सरकारी काममा बाधा पुग्नेछ । आजका
लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः
यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा
कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ
। आत्मविश्वास जाग्नेछ । अभिभावकको
आशीर्वादले काम गर्नसक्छ । श्रममूलक काममा
मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा
नवीन रोजगारीको अवसर आउने छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो,
जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ
। मनोरञ्जनमा भुलिने समय छ । सामाजिक यश, सम्मान र
प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।
आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा
पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको
कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना
देखिन्छ । चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको
प्रयोग गर्दा सचेत हुनुपर्छ । बेकारको विवादमा फँस्न सकिन्छ,
बोलीमा अङ्कुश लगाएकै बेस हुनेछ । तपार्इंको
व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम
नथाल्नु होला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ नमश्चण्डिकायै यस मन्त्रको
कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । सुरुमा
घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता
भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् ।
रमणीय र सुखद यात्राको योग छ ।
जीवनसाथी वा आमाको सल्लाहमा
गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय
हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन
सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ
हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ
। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ
। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ अं अङ्गारकाय नमः यस मन्त्रको
कम्तीमा १० पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता बढे पनि
कुनै नयाँ कामधन्दाका लागि काम गर्ने वातावरण सिर्जना हुन्छ ।
बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता
पाइने छ । भोगविलासप्रति आशक्ति बढ्न सक्छ वा कुनै तिर्सना
जाग्नाले मन विरक्तिन सक्छ, सचेत रहनु होला । आजका लागि
शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस
मन्त्रको कम्तीमा १८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा
अभिभावकवर्ग रुष्ट हुनसक्छन् । घरायसी
सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको
गल्ती र कमजोरीका कारण तनाव
सिर्जना हुन्छ । महत्वाकाङ्क्षी योजनामा हात
हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ,
बन्दव्यापारमा घाटा देखिन्छ । आजका लागि शुभअङ्क १ र
शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस
मन्त्रको कम्तीमा ७ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा
कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू
सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर
आउने छन् । तीर्थव्रत तथा देवालय आदिको
भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
दिदीबहिनी वा कुटुम्बका काममा
सघाउनु पर्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र
चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
आज ॐ शुं शुक्राय नमः यस मन्त्रको
कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आम्दानीमा कमी आउने छैन तर
निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन
लगानीको सम्भावना छ, त्यसैले सचेत रहनु होला ।
कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय
खर्च हुनेछ । गरेका कामबाट ठूलो उपलब्धी लिन
सकिंदैन र श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ ।
पढाइलेखाइमा समय दिन सकिंदैन । आजका लागि शुभअङ्क ५ र
शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको
कम्तीमा १९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ योजना कार्यान्वयन गर्न र
दीर्घकालीन योजना बनाउन आजको
दिन अनुकूल हुँदैन । लामो दूरीको यात्रा वा वैदेशिक
यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि
स्थगित गर्नु बेस हुनेछ । सामान्यतया लाभ हुने नै दिन छ, तर
कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,
चि) –
व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको
समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न
सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने
केही असमझदारी बढ्ने योग छ, तर
खास हानि पुग्दैन । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ।
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ । आजका
लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

0 comments:

Post a Comment

 
Top