३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टोलिबाट शनिबार पहिलोपटक डेब्यू गर्दै थिए, २० वर्षीय सिद्धान्त लोहनी ।
टी-२० विश्वकप छनोटमा जर्सीविरुद्ध सातौं नम्बरको ब्याट्सम्यान गर्न सिद्धान्त क्रिजमा आउँदा नेपाल सबैखाले समस्यामा थियो । नेपालले १५ ओभरमा पाँच विकेट गुमाएर ६१ रन मात्र जोडेको अवस्थामा सिनियर टीमबाट पहिलो अन्तराष्ट्रिय क्रिकेट खेल्दै गएका सिद्दान्तबाट ठूलो आश गरिएको थिएन ।
यद्यपी उनले आक्रामक सटहरु खेल्दै फ्यानहरुलाई केहीबेर मनोरञ्जन प्रदान गरे र टीममा परेकोमा जस्टिफाइ गरे । सिद्दान्तले बनाएको २७ रन नै नेपालको तर्फबाट सबैभन्दा ठूलो व्यक्तिगत स्कोर थियो ।
१६ बलको ‘अनअर्थेडक्स’ इनिङमा सिद्दान्तले दुई चौका र दुई छक्का प्रहार गरेका थिए, जसमध्ये उनले हानेको एउटा छक्का चर्चामा छ ।
आईसीसीको फेसबुक पेजमा त्यसलाई प्रतियोगिताकै सम्भावित उत्कृष्ट सटको संज्ञा दिइएको छ । आईसीसीले उक्त सटको भिडियो पोष्ट गर्दै लेखेको छ-‘नेपाल टी-२० विश्वकपबाट बाहिरिएको छ । तर, के उनीहरुले छनोट प्रतियोगिताकै सर्वोत्कृष्ट सट पैदा गरेका हुन् ? एमएस धोनी,
online khabar

0 comments:

Post a Comment

 
Top