मथूराबाट राजस्थान जाने क्रममा बलिउड
अभिनेत्री तथा बिजेपी सांसद हेमा मालिनी
बिहिबार सडक दुरघटनामा परेकी छन्।
राजस्थानको कौसा भन्ने स्थानमा दुरघटनामा
परेकी हेमा सामान्य घाइते भएकी छन्। उनी
जयपुर जाँदै थिइन्।
बाटोमा गाडी अचानक अनियन्त्रित भइ
अर्को गाडीसँग ठोकिन्न पुगेको पछि उक्त
घटना भएको थियो। मिडिया रिपोर्ट
अनुसार अर्को गाडीमा सवार रहेका एक
बालकको मृत्यू भएको छ भने चार जना घाइते
भएका छन्।

0 comments:

Post a Comment

 
Top