झा केटीले यौन प्रस्ताव
गरेपछि केटाको यो
हालत ! पा, २३ असार ।
फेसबुकमा भेटिने, फोन नम्बर माग्ने र
गफिँदै गर्दा यौनको प्रस्ताव गर्नेहरु
बेलैमा सचेत हुनु पर्ने भएको छ । अब
विदेशमा होइन, नेपालमै पनि फोनमा
यौनको प्रस्ताव गर्दा घटना बाहिर
आएर लाजमर्दो हुनु पर्ने मात्र होइन,
ठूलो धनराशी पनि तिर्नु पर्ने हुनसक्छ ।
हो, कोहीसँग फोनमा रमाइलो गर्दे
हुनुहुन्छ वा कसैसँग फोनमा यौन र
रोमान्सका कुरा गर्नु गर्नुहुन्छ भने
होशियार । यदि त्यसो हो भने तपाई
फस्न पनि सक्नुहुन्छ । फोनमा रमाइलो
कुरा गर्न र यौन प्रस्ताव स्वीकार्दा
झापामा यस्तै भएको छ । कुनै अपरिचित
युवतीले फोनमा गरेको यौन प्रस्तावमा
सचेत नभएर युवतीलाई भेट्न जाँदा झापा
बिर्तामोडका एक युवकले ५० हजार त
गुमाउनु पर्यो नै अनेकन सास्ती पनि
भोग्नु परेको खबर विराटपथडटकमले
लेखेको छ । बिर्तामोडका ब्यापारी
रवि अग्रवाललाई मोबाइललबाट
सम्पर्क गरी यौन प्रस्ताव राख्ने लोभले
६० लाख बाध्यताले तिर्न सहमत हुँदा
झापा प्रहरीले जोगाएको छ ।
घटनाअनुसार झापा बिर्तामोडका
अग्रवाललाई व्यासायिक कामले
बिर्तामोडस्थित देउराली होटल एन्ड
लजमा इलाम–२ की २६ वर्षीया कमला
मास्केले भेट्न बोलाइन् । फोनमा हुने
गरेको संवादले भेट्न पुगेका ती युवकले
रमाइलो गर्ने पनि सोच बनाएर होटल
पुगेका थिए । गफैमा रमाइलो गर्नै
सहमति भएअनुसार उनीहरु कोठाभित्र
पसे । तर कोठाभित्र पस्नासाथ अचानक
ढोका खोलेर केही युवा प्रवेश गरे र
महिलालाई बलात्कार गर्न खोजेको
भन्दै व्यवसायीलाई डर धम्की दिए ।
ती युवाले बलात्कारको आरोपमा
फसाइदिने भन्दै जबर्जस्त नांगै पारेर
मोबाइलमा फोटो खिचे ।
इज्जत जाने डरले व्यापारीले तत्कालै
नगद ५० हजार र ६० लाख पछि दिने
सहमतिमा कागज गरे । कागज गरेपछि
ती युवाको पञ्जाबाट उम्कन पाएका
उनी केही दिन गुपचुप बसे । तर बाँकी
रकमका लागि युवाले अग्रवाललाई
पछ्याउन थालेपछि उनी प्रहरीमा
पुगेका थिए ।
इलाका प्रहरी कार्यालय
बिर्तामोडमा उजुरी गरेपछि घटनामा
सलंग्न इलाम–८ का ३४ वर्षीय राज
भनिने राजीव सुवेदी र इलाम–२ की
मास्केलाई पक्राउ गरिएको छ ।
उनीहरुलाई मानव अपहरण तथा शरीर
बन्धक बनाई फिरौती रकम लिएको
आरोपमा मुद्धा दर्ता गरिएको
डिएसपी सञ्जय राउतले बताए ।
घटनामा संलग्न अरु तीन फरार छन् ।

0 comments:

Post a Comment

 
Top