साउन-१०, नवलपरासी ।
नवलपरासीको बर्दघाटमा दुई बस एकआपसमा जुध्दा २३ जना घाईते भएका छन् । आज बर्दघाट–२ चिसापानीस्थित लण्डन ब्रिजमा नारायणगढबाट वुटवल तर्फ गईरहेको लु १ ख ६३४७ नम्बरको बस र विपरीत दिशातर्फ गईरहेको ना ५ ख ९८१० नम्बरको बस एकआपसमा जुध्दा २३ जना घाईते भएका हुन् ।

nawalparasi district
घाईते भएका मध्ये १३ जनाको अवस्था सामान्य र १० जनाको अवस्था मध्यम रहेको नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईते मध्य ९ जनाको चितवनको भरतपुर, १ जनाको रुपन्देहीको वुटवल र १३ जनाको स्थिानीय अस्पतालमा उपचार भइरहेको छ ।

Read more: http://sajhasabal.com/nawalparasi/news/173491227211#ixzz3h1LcDj16

0 comments:

Post a Comment

 
Top