२०७२ असार २९ गते २१:१९
- विश्वास खड्काथोकी
काठमाडौ, २९ असार । अगामी आर्थिक वर्ष २०७२÷७३ को
बजेटमा शिक्षामा सबैभन्दा बढी छुट्याईएको छ । कुल ८ खर्ब
१९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार बजेटमध्ये शिक्षाको
लागि मात्र ५८ अर्ब ६४ करोड बजेट बिनियोजन भएको छ ।
त्यसपछिको ठूलो बजेट पुनर्निर्माणमा बिनियोजन गरिएको छ
। पुर्ननिर्माणको लागि ७४ अर्ब रुपैयाँ छुट्याइएको छ । जसमा
आवासका लागि ५० अर्ब, सार्वजनिक भवनका लागि ३ अर्ब र
पुरातात्विक संंरचना निर्माणको लागि २ अर्ब रुपैयाँ खर्च
गरिने अर्थमन्त्री रामशरण महतले बजेटमा उल्लेख गरेका छन् ।
त्यस्तै गरी पूर्वाधारमा ७ अर्ब र उत्पादन क्षेत्रमा ६ अर्ब रुपैयाँ
खर्च गरिनेछ । कतिपय विश्लेषकले पुनर्निर्माणको लागि बजेट
पर्याप्त नभएको बताएका छन् ।
त्यसपछि सडक विस्तार तथा कालोपत्रेका लागि ५४ अर्ब
रुपैयाँ बिनियोजन भएको छ । अगामी आर्थिक वर्षमा १ हजार
९ सय ४२ किलोमिटर नयाँ ट्रयाक खोल्ने, ७ सय ९५ किमी
कालोपत्रे गर्ने र १ सय ७० वटा पक्की पुल निर्माण गर्ने गरी
बजेट बिनियोजन भएको हो ।
उर्जा क्षेत्रकोलागि ४५ अर्व ७२ करोड र बैकल्पिक उर्जाको
लागि ५ अर्ब ४९ करोड रुपैयाँ बिनियोजन भएको छ । यस
बजेटमा कृषि क्षेत्रको लागि २६ अर्ब ६८ करोड रुपैयाँ
बिनियोजन गरिएको छ । त्यसै गरी सिंचाइमा २० अर्ब २२
करोड र भूमिसुधारको लागि ४ अर्ब ७६ करोड छुट्याइएको छ ।
नेपाल प्रहरी र शसत्र प्रहरीको लागि ३८ अर्ब ३६ करोड
विनियोजन भएको छ भने, नेपाली सेनाका लागि ३२ अर्ब ६९
करोड रुपैयाँ छुट्टाईएको छ । प्रहरीको अनसुन्धान क्षमतामा
बृद्धि गर्न थप १६ करोड रुपैयाँ छुट्टाइएको छ ।
पर्यटन क्षेत्रको लागि भने कम बजेट छुट्टीएको छ । पर्यटन
पर्वाधार तथा प्रवद्र्धनको लागि जम्मा १ अर्ब १ करोड रुपैयाँ
बिनियोजन भएको छ । लामो समयदेखि आउन नसकेको मेलम्ची
खानेपानी आयोजनाका लागि ४ अर्ब ९५ करोड विनियोजन
गरिएको छ । आगामी दुई वर्ष भित्र मेलम्चीको पानी
काठमाडौंमा आइपुग्ने बजेटमा उल्लेख छ
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment