काठमाण्डौ, असार १७ – काठमाडौको मूलपानीमा असार
१५ गते भएको कार्यक्रम निकै विवास्पद बनेको छ । सो विवादले
कृषि मन्त्री हरि पराजुलीले राजिनामा
मात्र दिनु परेन, पत्रकारहरु पनि विवादमा तानिएका छन् ।
मन्त्री पराजुली र ती
महिलाले पनि पत्रकारहरुले गलत प्रचार गरेको आरोप लगाएका हुन्
। पीडित महिलाहरुले त आज पत्रकार सम्मेलन
गरेरै सञ्चारकर्मीहरुको उछितो काटेका छन् ।
सञ्चारमाध्यमा आएका तस्विर तथा भिडियोले मन्त्री
पराजुली महिलाहरुसँग अश्लिल हर्कत गरेको
प्रष्ट देखिन्छ तर ती महिलाहरु भन्छन्,
‘मन्त्रीले आफूहरुसँग आशिर्वाद लिइरहेको बेला
पत्रकारहरुले पछाडिबाट तस्विर खिचेका छन् । अगाडिबाट खिचेको
भए आशिर्वाद दिएको प्रष्ट देखिन्थ्यो ।’
तर ती महिला भन्दा मन्त्रीको भनाई
फरक देखिएको छ । मन्त्री
पराजुलीले आशिर्वादको चर्चा कतै गरेको छैन ।
उनले बिबिसीलाई अन्तरवार्ता दिदै भनेका थिए,
‘हिड्नुस् हिड्नुस् दिदी भनेको त्यही
बेला टाउको ठोकिएको होला ।’ मन्त्री
पराजुलीले पनि पत्रकारमाथि नै अरोप लगाएका छन् ।
उनले पनि शुरुदेखि अन्त्यसम्म फोटो खिचेको भए सबै कुरा थाह
हुन्थ्यो बीच बीचमा फोटो काटेर
खिचेको कारण त्यस्तो देखिएको हो भनि दावी गरेका
छन् ।
मूलपानीमा रहेको महांकाल सफल कृषक समूह र
मनोहरा मिश्रित कृषक समूहले असार १५ गते भएको हर्कतको
तस्बिरमा कृषि मन्त्री पराजुलीको
अंगालोबाट उम्किएको देखिने महिला
मूलपानीकी ७०
वर्षीया सानु केसी हुन् ।
उनले कृषि विभागमा आज पत्रकार सम्मेलन गर्दै सधैँको वर्ष झै
यसपटक पनि असार १५ मा कार्यक्रम आयोजना भयो, धान रोपाईमा
कृषिका सरकारी कर्मचारीहरु पनि
आउने भनियो । पछि कृषि मन्त्री पनि आउने थाह
भएको बताइन् ।
त्यो कार्यक्रममा आधुनिक कृषि प्रविधिबारे जानकारी
दिने पनि कुरा थियो भन्दै उनले कार्यक्रम ठिक ढंगले अगाडि
बढी रहेको थियो, सुरुको कार्यक्रम सकिएपछि
कृषकहरु सबैले हिलो छ्यापाछ्याप गर्न थाले ।
मन्त्री पराजुलीले आफूसँग
आशिर्वाद लिएको अरु कुनै नराम्रो व्यवहार नगरेको
दावी गरिन् । मिडियाका मान्छेले फोटो खिच्दा
अतिरञ्जित हुने किसिमले बाहिर पठाएको आरोप लगाउँदै यसले
आफूलाई ठूला आघात परेको बताइन् ।
म ७० वर्षकी वृद्धा हुँ । मसँग
मन्त्री पराजुलीले यसो गर्यो उसो
गर्यो भन्दै अर्थको अनर्थ लगाएर प्रचार गरियो, उनले भनिन्,
महिला अधिकारकर्मी भनाउँदाहरुले पनि डलर पचाउँन
कोकोहोला मच्चाए । विदेशमा बस्ने आफन्तहरुले पनि फोन गरेर के
भएको हो भनेर सोधे । मलाई लाज मर्नु भयो । मेरो इज्जत
प्रतिष्ठामा मन्त्रीले हैन मिडियाले आँच पुर्याए ।’
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment