दैनिक नेपाल २०७२ असार १६ गते १०:५३
काठमाडौं । यी अच्चम की व्यक्तित्व भएकी
महिला हुन् । हात नहुँदा पनि उनी आफूलाई
कहिले पनि कमजोर ठान्दिनन् र यस्ता–
यस्ता काम गर्छिन कि कोही पत्याउन पनि
सक्दैनन् ।
३२ वर्षीय ककी जेसिका कक्स जसको
जन्मदेखि नै दुबै हात छैनन् । अफसोच गर्ने
व्यक्तिलाई पनि था थिएन कि उनी के बन्ने
छिन् भनेर । संसारमा यस्तो शायदै होला
जो विना हात गर्न ठूला काम गर्न सक्छ ।
उनी अमेरिकाको ऐरिजोनामा बस्छिन् र
हात नहुँदा पनि विमान उडाउँछिन् ।
जेसिका जब सानी थिईन् तब उनको हातको
चाललाई आरामदायी बनाउन उनलाई
मेसिनबाट प्रशिक्षण दिइएको थियो । तर,
उनलाई त्यो प्रशिक्षण घाडो लाग्न
थाल्यो । उनी यो प्रशिक्षणका लागि
तैयार थिईनन् । उनी त्यो मसिनमाथि
निर्भर हुन् सकिनन् । उनले अठोट लिईन कि
उनी खुट्टाबाटै आफ्नो जिन्दगी जिउनेछु र
उनले यो फैसलालाई दुनियाँमा पुष्टि गरेर
देखाईन् ।
जेसिका कैयौ काममा प्रफेक्ट छिन् । उनी
मार्शल आर्ट्स एक्सपर्ट हुन् र खुट्टाबाटै
दुश्मनलाई तह लगाउन पनि उनी सक्षम छिन् ।
जेसिकाका लागि खुट्टा नै सबै काम गर्ने
माध्यम हो । उनी खुट्टाबाटै पियानो पनि
बजाउछिन् । म्यूजिक इन्स्ट्रमेंटमा पनि उनी
परफेक्ट छिन् ।
आफ्नो अच्चमको कलाबाट उनले सबैलाई
आफ्नो बनाएकी छिन् । विश्वमै पहिलो
यस्तो साहसी महिला बनेपछि जो बिना
हात पनि विमान उडाउछिन्, गिनीज बुकमा
पनि उनको नाम २००८ सालमा रेकर्ड
गरिएको थियो । एजेन्सी

0 comments:

Post a Comment

 
Top