भिडियो हेर्न यहाँ
क्लिक गर्नुहोला
स्वरमा समस्या
‘नबिर्सें तिमीलाई’, ‘तिम्ले पराई ठानेपछि’
जस्ता गीत हिट भइरहेका थिए । आफ्नो
करियरमा सफलता मेरो नजिकै पुगिसकेको
थियो । फिल्मदेखि सुगम संगीतसम्म मेरो
स्वरको माग उच्च थियो । एकै दिन चार÷पाँच
वटा गीत रेकर्ड गर्नुपर्ने अवस्था आइसकेको
थियो । त्यही बेला एकाएक मेरो स्वर सुक्यो ।
गाउँदा स्वर क्लियर नआउने भयो । गाउँदागाउँदै
बीचमा स्वर काटिन थाल्यो । उपचारका
लागि डाक्टरकहाँ गएँ, स्पीचथेरापी गरियो ।
तीन महिनाजति रेस्ट लिन लगाइयो । करियर
उत्कर्षमा पुगेकै बेला रेस्ट लिने वा आउँदा म
मानसिक रुपमा पनि कमजोर हुँदै जान थालेकी
थिएँ । होमियोप्यथीदेखि एलोप्याथीसम्म
उपचारका कुनै पद्धति छाडिएन । तैपनि मेरो
स्वरको समस्या २० मा १९ भएन ।
उल्टै डाक्टरले भय सिर्जना गरिदिए, ‘घाँटीको
अवस्था यस्तो हुँदाहुँदै गीत गायौ भने क्यान्सर
हुने सम्भावना देखिन्छ ।’ जति गरे पनि केही
नलागेपछि मेरो मानसिक अवस्था पनि बिगँ्रदै
गयो । म पशुपति जान्थेँ, घन्टौँ त्यहीँ बस्थेँ ।
त्यसपछि फेरि डिप्रेसनमा गइछु । एकछिन एक्लै
बस्नै नसक्ने भएँ ।
एक्लै भएँ कि कसरी मर्ने भनेर मात्रै सोच्थेँ ।
अग्लो ठाउँ देख्यो कि हामफाल्न मन लाग्थ्यो
। एकचोटि एक्लै हुँदा एक तला माथिबाट
हामफालेँ, खुट्टा भाँच्चियो । त्यसपछि उपचार
गरेर तीन महिना बेड रेस्ट गर्नुप¥यो । आफैँले
गाएको ‘पल पल रोएँ, जिन्दगीमा कति आँसु गएर
खेर, सम्हालेर राख्या भए ताल बन्थ्यो हेर’
भनेजस्तै गरी रोएँ, कराएँ । तर, समस्या समाधान
भएन । बजारमा मेरो स्वरको प्रभाव यति प¥यो
कि ‘कहिले ठीक हुन्छ, त्यही बेला रेकर्ड गराउँछु’
भनेर मान्छेहरु कुर्न थाले । त्यसले मलाई मानसिक
रुपमा झन् विक्षिप्त बनायो, किनभने स्वरको
समस्या ठीक हुने सँभावना देखिएन ।
संयोगले खुल्यो स्वर
म अन्तिमपल्ट इन्डियामा चेक अप गराएर हेर्छु
भनेर वीरगन्ज हुँदै गइरहेकी थिएँ । मान्छेले कमजोर
भएकै अवस्थामा भगवान गुहार्छ । उपचारले ठीक
नभइरहेको अवस्थामा मसँग पनि भगवानको
भरोसा गर्नुको विकल्प थिएन । उपचार पनि
चलिरहेकै अवस्था पनि थियो । यो संयोगले
मेरो स्वर खुलायो । मलाई धेरै सताउने अर्काे
रोग हो, युरिन इन्फेक्सन । त्यसले लामै समय दुःख
दियो । ६ वर्षअघि भएको यो समस्या टिचिङ
हस्पिटलमा उपचार गरेर ठीक भयो । तर, तुरुन्तै
पत्ता नलागेकाले ठूलो सास्ती खेपेँ । सुरुमा
डाक्टरले ‘ग्यास्ट्रिकका कारण त्यस्तो भएको
बताए । त्यसको औषधि खाएँ । तीन महिना
थला परेँ ।
कत्ति पनि बिसेक नभएपछि फेरि उपचार गर्न
जाँदा युरिन इन्फेक्सनको उपचार गरेर ठीक भएँ ।
केही पत्ता लागेन । ६ वर्षदेखि किड्नीतिर
दुख्ने समस्या छ । कहिलेकाहीँ समस्या हुँदा
हस्पिटल जान्छु । अलिकति पानी बढी वा कम
भयो कि दुख्छ । केही समयअघि अमेरिका
जाँदा पनि ल्यान्ड हुनबित्तिकै हस्पिटल
पुग्नुपर्ने गरी दुख्यो । औषधि गरियो । तर, पूर्ण
रुपमा ठीक भएको छैन । अहिले पनि धेरै ठाउँ
चेकअप गरिसकेँ । किड्नीको समस्या नदेखिए
पनि गाइनोपट्टीको होला भनेर त्यसको पनि
जाँचपड्ताल गरियो । तर, अझै केही पत्ता लागेन
। source taja khabar

0 comments:

Post a Comment

 
Top